बैदेशिक पोष्ट
२०८२ मंसिर २, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशमा रहेका नेपालीले ई– पासपोर्टका लागि आवेदन दिने तरिका हेर्नुहोस !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर ११, २०७८ १७;५० मध्यान्ह प्रकाशित
अर्को महिनादेखि ई–पासपोर्ट जारी हुने, यस्तो छ विशेषता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विदेशमा रहेका नेपालीले विद्युतीय राहदानी(ई–पासपोर्ट) लागि निवेदन दिन अझैँ दुई महिना कुर्न पर्ने भएको छ ।

अहिले काठमाण्डौमा रहेको राहदानी विभागबाट जारी भइरहेको ई–पासपोर्टको लागि विदेशमा रहेका नेपालीले नेपाली नियोगबाट झण्डै दुई महिनापछि मात्र निवेदन दिन सक्ने राहदानी विभागले जनाएको छ । ३४ पृष्ठको विद्युतीय साधारण राहदानीको लागि अहिले राहदानी विभागमा मात्र निवेदन दिन सकिन्छ । केही हप्तापछि क्रमिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट तथा तोकिएको इलाका प्रशासन कार्यालयहरूबाट निवेदन दिन सकिन्छ ।

१६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हो । तर विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । राष्ट्रिय परिचयपत्र बनाउन जुनसुकै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिन सकिन्छ । कार्ड बनेर आउन केही समय लागे पनि राष्ट्रिय परिचयपत्र नम्बर तुरुन्त पाउन सकिन्छ । नम्बरका आधारमा राहदानी बनाउन सकिने विभागले जनाएको छ ।

अहिले राहदानी विभागले वेबसाइटमार्फत विद्युतीय राहदानीको लागि बुकिङ खुला गरेको छ । यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फारम भ¥यो उसैको पालो छिटो आउँछ । यो पासपोर्ट लिन सोर्सफोर्स भनसुन केही पनि नचल्ने विभागले जनाएको छ । विद्युतीय राहदानीको लागि बुकिङको समय लिन नसकेमा र तत्काल विदेश जान परेमा कारण र प्रमाण सहित आउनेलाई विभागले एमआरपी पासपोर्ट पनि जारी गर्नेछ ।

विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । राहदानी विभागका अनुसार पहिले पहिले पासपोर्ट १ दिनमा २ दिनमा र ३ दिन भित्र सेवा लिन सकिन्थ्यो । तर अहिले संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दुर्त सेवा कायम गरिएको छ । १२ हजार रुपैयाँ दस्तुर लाग्छ ।

जिल्ला प्रशासन कार्यालयबाट निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि पहिलेजस्तै ५ हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिँदा बिस हजार राजस्व लाग्छ । विदेशस्थित कूटनीतिक नियोगहरूमा छुट्टै दस्तुर तोकिएको छ ।

अहिले एमआरपी पासपोर्टको म्याद भएकाहरूले भने म्याद नसकिँदासम्म विद्युतीय राहदानी बनाउन पर्दैन । म्याद सकिएपछि भने विद्युतीय राहदानीका लागि निवेदन दिन सकिन्छ । एमआरपीको नवीकरण गर्नेभन्दा पनि विद्युतीय राहदानी नयाँ नै बनाउन पर्छ । तर अहिलेसम्म आइकाओले मेशिन रिडेबल पासपोर्ट नचल्ने भनेर भनेको छैन ।

आवेदन दिने तरिका
राहदानी विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिची प्रिइन्रोलमेन्ट पोर्टलमार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ । आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगमा जानु पर्दछ ।

मिति र समय बुक नगरी गएमा विभागले निवेदन लिँदैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरण दोहोराई तेहेराई हेरेर कुनै गल्ती नगर्नु विभागले अनुरोध गरेको छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुनः बनाउँदा दस्तुर पुनः लाग्ने छ ।

विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ । तर यो आँखाले सहजै देख्न सकिदैन । चिपमा औठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू पनि हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैनन् । ICAO PKD मार्फत सूचनाहरू रुजु हुने हुँदा विभिन्न देशका अध्यागमन कार्यालयहरूमा सहज र छिटो हुनेछ । विद्युतीय गेटहरू भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ । विभागका अनुसार यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!