नैरवी । केन्याकाे एक अदालतले अफ्रिकाका डान्सबारमा नेपाली युवतीलाई लगेर बेच्ने एक क्यानडाका मानवतस्करलाई ३० वर्षकाे जेल सजाय सुनाएको छ।
केन्याकाे अदालतले क्यानडियन व्यापारी असिफ अमिराली अलिभाई जेठा नामका ती व्यक्तिलाई मुम्बासाकाे अदालतले १२ नेपाली महिलाको मानव तस्करी गरेकोे पुष्टि गर्दै उक्त सजाय सुनाएको हाे ।
उनलाई व्यक्तिको मानव तस्करी, तस्करीको प्रवर्धन र यात्रा सम्वन्धी कागजपत्र परिवर्तन गरेकोमा दाेषी देखाईएकाे छ ।उनलाई वर्क पर्मिटबिना विदेशीलाई काममा लगाएको भन्दै उनलाई ११ लाख स्थानीय मुद्रा जरिवाना गरिएको छ ।
जेठाले सञ्चालन गरेको रंगीला गर्ल एण्ड वारमा ट्रान्जिस्नल अर्गनाईज्ड् क्राईम युनिटले सन् २०१९ मा छापा मारी १२ नेपाली युवतीलाई उद्दार गरिएको थियोे । उद्धार गरिएका नेपाली युवती मध्ये दुई जना १६ र १७ बर्षका आठ जना २२देखि २६ बर्षका,दुई जना ३० बर्षमाथिका रहेको बताइएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-