बैदेशिक पोष्ट
२०८३ बैशाख ८, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिड्नीको ‘गल्ली गल्ली’ मा ठमेलको सम्झना

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १२, २०७८ ०८;५४ बिहान प्रकाशित
सिड्नीको ‘गल्ली गल्ली’ मा ठमेलको सम्झना
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सिड्नीको मुटुमा रहेको टाउनहल, अनि टाउनहलको गल्ली। तिनै गल्लीमध्ये एउटा गल्लीले सहरतिर घुम्ने जो कोही नेपालीलाई तानिहाल्छ। अस्ट्रेलियाको व्यस्त आर्थिक नगरीको एउटा गल्लीभित्र अर्को तीनतले ‘गल्ली-गल्ली’ थपिएको छ। नेपालीहरूका लागि त्यहाँ पुग्दा आफ्नोपनको आभास हुन्छ।

‘गल्ली-गल्ली’ को साइनबोर्डले मात्र होइन, गेटमा राखिएको एउटा अर्धटेम्पो र टेम्पोमा छापिएको ‘ठमेल’ ले काठमाडौंको सम्झना झनै ताजा बनाउँछ। गल्ली प्रवेशसँगै त्यसमा बनेका परिकारले तपाईं-हामीलाई रोमाञ्चक अनुभव गराउँछ। मलेखुको माछा होस् या मुस्ताङको आलु, उस्तै स्वाद र यादमा गल्लीले सबैलाई मोहित बनाएको छ।

मुस्ताङको स्याङ गाउँका राजमान थकालीको यो परिकल्पनाले सिड्नीको मध्यभागमा पनि नेपाली स्वाद र मुलुकको यादलाई जीवन्त बनाएको छ।

सन् १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका राजमान थकाली यहाँको नेपाली समाजका चिरपरिचित पात्र हुन्।

खेलकुदले नेपाली समाजलाई एकाकार बनाउने थकालीको योगदान आफैंमा महत्वपूर्ण छ। सुरूका दिनमा आफूले पनि भाडा माझेको भन्न लाज नमान्ने राजमानले शैक्षिक परामर्श र अतिथि सत्कारको योजनालाई सँगै अगाडि बढाए।

मुस्ताङमा जन्मेर पोखरामा स्कुले जीवन पूरा गरेका राजमान युवा अवस्थादेखि नै सामाजिक अभियानमा सामेल हुन्थे। पोखराको सहारा क्लबमा लाग्दै गर्दा अस्ट्रेलिया हानिएका उनले यहाँ पनि सहारा अस्ट्रेलिया खोलेर त्यसको नेतृत्व गर्दै आएका छन्।

त्यति मात्र होइन, उनले यहाँ सहाराको नाममा लिग फुटबलसमेत सञ्चालन गर्दै आएका छन्।

फुटबल र संगीत भनेपछि हुरूक्कै हुने राजमानले सन् २००६ मै सिड्नीमा ‘नेप्लीज थन्डरस्ट्रोम’ नामक फुटबल क्लब खोलेर युवापंक्तिलाई जोड्ने र खेलुकदमा समाहित गर्ने काम गरेका थिए।

प्रारम्भमा शिक्षा क्षेत्रमा लागेर केही गर्छु भन्ने भावनाका साथ सन् २००८ मा हिमावस एजुकेसन खोलेका राजमानले अस्ट्रेलियालाई भविष्य बनाउन खोज्ने हजारौं पश्चिमेली युवालाई शैक्षिक वातावरण बनाइदिए।

इमान-जमानमा पक्का राजमानले आफ्नो शैक्षिक व्यवसायलाई वृहत्तर बनाउन खोजे पनि समय र परिस्थितिअनुसार आतिथ्य सेवालाई अगाडि बढाउने योजनाले उनलाई साथ दियो।

पछिल्लो समय उनी आरएपी हस्पिट्यालिटी ग्रुप बनाएर मुग्लान एक्सप्रेस, मुग्लान फुड फ्याक्ट्री, मुग्लान मार्ट र माया लाउन्जजस्ता नयाँ परियोजनाको तयारीमा जुटेका छन्।

आरएपी अर्थात् तीन थकाली दाजुभाइ राजमान, आशिष र पुस्कलको साथ अनि ‘सबै हात एकै साथ’ को अभियानमा चाँडै नै सहरको मध्यभागमा टाउन हलमा पाँच सय क्षमताको माया लाउन्ज सुरू हुँदैछ।

माया लाउन्जमा नेपाली गीत संगीतका पारखीलाई लाइभ म्युजिक शोको पनि परिकल्पना गरेका छन्, राजमानले।

पिता स्वर्गीय हरिप्रसाद थकाली र माता लालदेवी थकालीका पुत्र राजमान भन्छन्, ‘यो मेरो व्यवसाय हो। व्यापार गर्दै जाँदा मुलुकसँग जोडिने र पहिचान थपिने काम गर्नुपर्छ भन्ने मेरो सोच हो।’

सन् २०११ मा टाउनहलबाट मुग्लान नेपाली रेस्टुरेन्ट सुरू गरेका राजमानले नेपालको पोखरामा पनि व्यवसाय चलाइरहेका छन्। उनले अस्ट्रेलियाको रकडेलमा नयाँ मुग्लान खोलिसकेका छन्। चाँडै नै अन्य भेन्चर खोल्ने तयारीमा रहेको उनले जानकारी दिए।

‘सहरका बग्रेल्ती पब र लाउन्जबीच केही फरक र अलग ढंगले नेपाली मन र तनलाई सुहाउँदो अनि हाम्रो कला संस्कृति झल्काउने गीत संगीतमा यो परियोजना अगाडि बढाएको छु,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने।

कम बोल्ने र काम बढी गर्न रूचाउने राजमानले भर्खरै आफ्नो मुग्लान रेस्टुरेन्टको दसौं वार्षिकोत्सवमा आफ्ना एक्जुकेटिभ सेफ रविन शेरचनलाई मर्सिडिज बेन्च उपहार दिएर चर्चामा आएका थिए।

‘कसैले हाम्रो नाम र पहिचान जोगाउने कुरामा यति लामो योगदान दिन्छ भने ऊ पुरस्कारको पनि हकदार हुन्छ भन्ने मेरो मान्यता हो,’ उनले भने।

अस्ट्रेलियामा टेकेको २५ वर्ष पुग्दै गर्दा शैक्षिक परामर्शदाताका हिसाबले स्पष्ट कुरा राख्ने र थकालीका नाताले मिठो थाली पस्कने राजमानको विशेषता दुवैतिर जमेकै देखिन्छ।

राजमानका अनुसार अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि महत्वपूर्ण ठाउँ हो। ‘यहाँ सम्भावनाका सयौं बाटा छन् अनि समस्याका पहाड पनि उत्तिकै छन्। त्यसैले जसले जुन बाटो रोज्छ, त्यतै पुग्छ,’ उनले भने।

उनले अगाडि भने, ‘लाज मान्नुपर्ने कुरै छैन। हामीले संघर्षका दिनमा सबै काम गर्‍यौं तर अहिले फरक परिवेश र अलग पहिचान बनाउँदै गर्दा सबैलाई भन्ने कुरा एउटै हो, संघर्षका पाटा र सफलताका बाटा बिर्सनु हुँदैन।’ सेतो पाटि बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!