गत आइतबारको तुलनामा आज सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको छ । यस्तै यता चाँदी गत आइतबारको मूल्यमा तोलामा १० रुपैयाँले बढ्दै आज एक हजार २२० रुपैयाँ पुगेको छ ।
गत आइतबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य समेत आज गत आइतबारको मूल्य १०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-