बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापानमा १ महिना प्रतिबन्ध, ओमिक्रनबारे स्पष्ट नभएसम्म विद्यार्थी र आगन्तुकका लागि यस्तो छ प्रधानमन्त्रीको आपतकालीन योजना

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १४, २०७८ १९;४३ मध्यान्ह प्रकाशित
जापानमा १ महिना प्रतिबन्ध, ओमिक्रनबारे स्पष्ट नभएसम्म विद्यार्थी र आगन्तुकका लागि यस्तो छ प्रधानमन्त्रीको आपतकालीन योजना
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

जापान सरकारले ओमिक्रोन भेरियन्टको कोरोना भाइरस भित्रिएको भन्दै थप फैलन नदिन मंगलबारदेखि एक महिनाका लागि सिमा नाका बन्द गर्ने निर्णय गरेको छ। डिसेम्बर १ देखि लागू हुने प्रतिबन्ध विद्यार्थी, पर्यटक र व्यापार व्यवसायका लागि जापान भित्रने व्यक्तिलाई लागू हुनेछ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाका अनुसार जापानी नागरिक वा देश फर्कने चाहने विदेशी नागरिकका लागि यो नियम लागू हुन्न। तर तोकिएका केही अफ्रिकी मुलुक र भेरियन्ट भेटिएका मुलुकबाट जापान भित्रने व्यक्तिले अनिवार्य सरकारले तोकिएको सुविधामा तीन देखि १० दिनसम्म अलग्गै बस्नुपर्ने हुन्छ।

यो सबैभन्दा खराब अवस्थाबाट बच्न प्रतिवन्धनै पहिलो आपतकालिन उपाय भएको प्रधानमन्त्री किशिदाले जानकारी गराए।

‘ओमिक्रोन भेरियन्ट विश्वव्यापी रूपमा कतिको संक्रामक छ, भ्याक्सिनको प्रभावकारिता के कस्तो हुन्छ भनेर अध्ययन र अनुसन्धान गर्नुपर्ने भएकाले तत्काल कठोर कदम चाल्नु परेको हो’, उनले भने, ‘यो महत्त्वपूर्ण छ कि हामीले परिस्थितिलाई छिटो र लचिलो रूपमा प्रतिक्रिया दिनुपर्छ।’

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९ भाइरस भएको पत्ता लागेको थियो।

२६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले प्रेस विज्ञप्तिमार्फत् सो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गर्‍यो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ।

उक्त भेरिएन्ट सजिलै फैलने, असर धेरै पार्नसक्ने र उपचार गर्न गाह्रो हुने प्रकारको रहेको भन्दै यसलाई सङ्गठनले ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा राखेपछि पुनः विश्वभरनै यसको त्रास फैलिएको हो। ओमिक्रोन भेरिएन्टलाई लिएर स्वास्थ्य अधिकारीको राय बमोजिम जापानले आफ्नो सीमा व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको हो।

अफ्रिकी मुलुकबाट जापान प्रवेश गर्ने विदेशीसहित जापानी नागरिकले सरकारले तोकेको सुविधामा १० दिन र आफ्नो मनपर्ने स्थानमा थप चार दिन क्वारेन्टाइन बस्नुपर्नेछ। विशेष गरी अफ्रिकी मुलुकहरू बोत्सवाना, इस्वातिनी, लेसोथो, नामबिया, दक्षिण अफ्रिका, जिम्बाब्वे, मोजाम्बिक, मलावी, जाम्बिया र अंगोला देशबाट फर्किरहेकालाई यो नियम लागू हुने प्रधानमन्त्री किशिदाले जानकारी गराए।

त्यस्तै, इजरायल, युके, नेदरल्याण्ड र इटालीबाट आउनेले सरकारले तोकेको सुविधामा ६ दिन र छनोट गरिएको स्थानमा थप ८ दिन क्वारेन्टाइन बस्नुपर्नेछ।

अष्ट्रेलिया, जर्मनी, चेक गणतन्त्र, डेनमार्क, हङकङ, फ्रान्स, क्यानडाको ओन्टारियो, बेल्जियम र अस्ट्रियाबाट आएकालाई तीन दिन तोकिएको सुविधामा र थप ११ दिन आफूले रोजेको ठाउँमा क्वारेन्टाइन बस्नुपर्नेछ। कोरोना भाइरसको संक्रमणमा कमि आएको भन्दै जापानले पछिल्लो केही समय अगाडि आफ्ना सिमा नीति खुकुलो पार्दै लगेको थियो।

गत नोभेम्बरको सुरूदेखि विदेशबाट आउनेहरुलाई प्रवेशमा खुकुलो बनाइएको थियो। नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकालाई प्रवेश गर्न दिइएको थियो।

गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो। सम्भावित ओमिक्रोनको संक्रमण रोक्न भन्दै जापानले सबै नयाँ विदेशी आगन्तुकलाई मंगलबारदेखि एक महिना प्रतिबन्ध लगाइएको जापानी अधिकारीले बताएका छन्।

‘कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रुपमा उभिने छ,’ प्रधानमन्त्री किशिदाले भने। उनले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिवन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!