बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमै बनेको ल्यापटप, जसका लागि पैसा तिरेर ३ महिनासम्म पर्खिन तयार छन् ग्राहक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, बिजनेश
मंसिर १४, २०७८ २१;५५ मध्यान्ह प्रकाशित
नेपालमै बनेको ल्यापटप, जसका लागि पैसा तिरेर ३ महिनासम्म पर्खिन तयार छन् ग्राहक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । गेमिङप्रति हिजोआज नेपाली युवाहरूको आकर्षण तीव्र रुपमा बढिरहेको छ । यससँगै बजारमा गेमिङ ल्यापटपको माग पनि धेरै छ । लागत मूल्य र करका कारण गेमिङ ल्यापटपको मूल्य पनि आकासिएको छ ।

सर्वसाधारणको पहुँचयोग्य मूल्यमा प्रिमियम ल्यापटप बनाउने उद्देश्यले सुरु भएको नेपाली स्टार्टअप कम्पनी हो, ‘रिप्पलटेक’ । सानो कम्पनीको रुपमा बजारमा आएर ठूलो छलाङ मार्ने उद्देश्य राखेको रिप्पलका ल्यापटप अहिले डिजिटल कन्टेन्ट क्रियटर र गेमरहरूको रोजाइमा पर्न थालेका छन् ।

बजारमा स्टक सकिएको मौकामा प्रवेश गरेको रिप्पलटेकले छ महिना नबित्दै हजार भन्दा बढी ल्यापटप बिक्री गरिसकेको कम्पनीका सीईओ राहुल कायस्थले बताए । राहुल पहिलो चरणको कोरोना महामारीका बेला मलेसियामा पढाइ सकेर नेपाल फर्किएका थिए ।

आफूसँग भएको पुरानो ल्यापटपले काम गरेन । बजारमा ल्यापटप किन्न जाँदा उनलाई मूल्य सुन्दा निकै महङ्गो लाग्यो । विदेशबाट आयात गर्दा लाग्ने करले गर्दा नेपालमा ल्यापटपको मूल्य धेरै हुन पुगेको उनले थाहा पाए ।

‘मैले मलेसिया बस्दा त्यहाँको एउटा कम्पनीले आवश्यक पाटपुर्जा किनेर ल्यापटप बनाउने गरेको देखेको थिएँ,’ राहुल सुनाउँछन्, ‘मलेसिया नेपालभन्दा केही विकसित भएपनि त्यति धेरै विकास भएको देश पनि होइन । त्यहाँको मान्छेले गर्नसक्ने काम नेपालमा पनि गर्न सम्भव छ भन्ने लाग्यो ।’

नेपालमै ल्यापटप बनाउँदा कम मूल्यमा बिक्री गर्न सकिन्छ भन्ने सोचेरै उनले लगानी जुटाउन थाले । कलेजको पढाइ भर्खर सकिएकाले उनी आफ्ना बाँकी तीन जना साथीहरूसँग मिलेर बजार अध्ययन पनि गरिरहेका थिए । ‘ल्यापटप बनाउनु हाम्रो लागि राम्रो उपाय थियो,’ उनी भन्छन् ।

राहुल कायस्थ कम्पनीका सीईओ हुन् । त्यस्तै अर्का सहसंस्थापक मेघ शाक्यले मार्केटिङ सम्हालिरहेका छन् भने, सिद्धान्त राई प्रमुख सञ्चालन अधिकृत र आरती जोशी वित्तीय निर्देशक हुन् । त्यस बाहेक अन्य दुई जना प्राविधिक र दुई जना मार्केटिङमा गरी जम्मा आठ जनाले कम्पनीमा काम गरिरहेका छन् ।

सुरुवाती दिन सम्झिँदै कायस्थ भन्छन्- ‘नेपाली प्रोडक्ट भन्नासाथ कम गुणस्तर र महङ्गो हुन्छ भन्ने मानसिकता छ । यसलाई तोड्न र ग्राहकको विश्वास जित्न निकै चुनौतीपूर्ण हुन्छ भन्ने नै थियो । तर ल्यापटप निर्माण र बजारीकरणमा हामीले राम्रो समय दिएका कारणले होला हामीलाई निराश हुनु परेन ।’

ल्यापटपको रिप्पलटेकले मलेसियाबाट आवश्यक पाटपुर्जा ल्याउने गरेको छ । बजार र ल्यापटपको कानूनी काममा सरकारी निकायले पनि राम्रै सहयोग गरिरहेको कम्पनी सञ्चालकहरूको अनुभव छ । महङ्गा र चल्तीका ब्रान्डका उत्पादनहरू चलाउने बानी परिसकेको भएपनि रिप्पलका ल्यापटपले ट्रेन्ड ब्रेक गरेको कायस्थको बुझाई छ ।

उनी छोटो समयमै प्राप्त सफलतालाई लिएर भन्छन्, ‘‘हामीले कुनै पनि शीर्षकमा हचुवाको भरमा लगानी गरेनौँ । बजार बुझ्यौँ र लगानी पनि धेरैजसो रकम उपभोक्ताकै पैसाबाट गरेका छौँ । हामीलाई तीन महिना अघि नै ग्राहकले ५० प्रतिशत रकम बुझाउँछन् र ल्यापटपको लागि पर्खाइमा बस्छन् । सायद हामी नै त्यस्तो पहिलो कम्पनी हो, जसलाई ग्राहकले अथाह विश्वास गरेका छन् ।’

पछिल्लो छ महिनामा नेपालमा ल्यापटपको आयात धेरै घटेको छ । यस्तो बेलामा बजारमा उत्रिएको रिप्पलटेकले गेमर तथा प्रोफेसनलको विश्वास राम्रैगरी जितेको छ । सुरुवाती छ महिनामै करिब एक हजारको हाराहारीमा ल्यापटप बिक्री भइसकेको राहुलले बताए । उनले भने, ‘सोचेको भन्दा धेरै नै राम्रो नतिजा मिलेको छ । हामी उचित समयमा बजारमा आएका रहेछौँ ।‘

मार्केटिङका लागि झन्डै एक करोड खर्चिएका राहुल भन्छन्, ‘नेटवर्किङले राम्रो काम गरेको छ । स्टार्टअप भएपनि प्रविधिको क्षेत्रमा राम्रो चिनजान थियो । मिडिया र सरकारले पनि राम्रै सहयोग गरे । यही रफ्तारमा अगाडि जाने हो भने पनि हामी सय वर्ष त मजाले चल्न सक्छौँ भन्ने आत्मविश्वास पलाएको छ ।’

‘हाम्रो वित्तीय स्थिति र व्यवस्थापन पक्ष राम्रो भएकाले पनि अन्य स्टार्टअपका तुलनामा हामीलाई धेरै नै सजिलो छ । समयसँगै फिचरहरूमा पनि परिमार्जन गर्नैपर्छ । एक पटक ल्यापटप बजारमा आइसकेपछि फेरि हामीले विज्ञापन गरिरहनुपरेको छैन । प्रोडक्ट राम्रो भएपछि ‘माउथ पब्लिसिटी’ (एक व्यक्तिले अर्को व्यक्तिलाई स्वतःस्फूर्त रुपमा गर्ने प्रचार) ले नै काम गर्ने रहेछ,’ राहुलले अगाडि भने ।

‘सुरुमा नयाँ जेनेरेसनको ल्यापटपमा लगभग तीन महिना जति हामी मात्रै थियौँ । जसले गर्दा हामीलाई बजार लिन झनै सजिलो भयो । नेपालमा बनेको ल्यापटप भनेपछि आलोचना खेप्नुपर्छ भन्ने लागेको थियो । तर आलोचना कम र प्रशंसा बढी पायौँ ।” ल्यापटप अहिलेसम्म राम्रो रुचाइएको र उपभोक्तामाझ विश्वास बढेको राहुलले बताए ।

उनी भन्छन्, ‘हामीले सामान्य प्रयोगकर्ताहरूका लागि लक्षित गरी ल्यापटप बनाइरहेका छौँ । त्यस्तै ल्यापटपमा दुई वर्षको वारेन्टी र त्यसको प्राविधिक सेवामा छुट समेत दिएका छौँ ।’ कम्पनीले अहिलेसम्मको व्यापारबाट भएको आम्दानीको ९० प्रतिशत रकम पुनः ल्यापटप बनाउनै नै लगानी गरिरहेको छ ।

यसो गर्दा बजारमा प्रोडक्टको अभाव हुनबाट जोगाउने कम्पनी सञ्चालकहरूको विश्वास छ । माग अनुसारको आपूर्ति नभएमा ग्राहकहरू निराश हुने भन्दै राहुल आफूहरू सकेसम्म ग्राहकको सन्तुष्टिमा केन्द्रित रहेको बताउँछन् ।

‘नेपालकै पहिलो ल्यापटप कम्पनी भएकाले सबै किसिमका ग्राहकलाई नेपाली उत्पादन उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो,’ उनी भन्छन्, ‘तसर्थ चाँडै नै रिप्पल ल्यापटप भाटभटेनीबाट ग्राहकहरूलाई सेवा उपलब्ध गराउने योजनामा छौँ ।’

अहिले रिप्पलका २० प्रतिशत ग्राहक काठमाडौं उपत्यकामा छन् भने बाँकी पोखरा र देशका अन्य सहरमा छन् । कम्पनी बाहेक, राहुल अहिले मनोविज्ञान विषयमा पीएचडी गरिरहेका छन् भने उनका साथीहरू पनि कामसँगै कलेजको पढाइलाई समेत अगाडि बढाइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!