बैदेशिक पोष्ट
२०८२ चैत्र २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कानुनी छिद्र छिचोलेर दुई दिनमै भित्रियो करोडौँको सुन

‘१५ सय बोकेर घुम्न गएकाले ल्याउँछन् ३२ सय डलरको सुन’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १५, २०७८ १६;१० मध्यान्ह प्रकाशित
कानुनी छिद्र छिचोलेर दुई दिनमै भित्रियो करोडौँको सुन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सरकारले दिएको कानुनी व्यवस्थाको छिद्रको फाइदा उठाउँदै वैध बाटोबाटै ठुलो परिणाममा अवैध सुन भित्रिँदै आएको पाइएको छ । मङ्सिर १३ र १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिणामले वैध मार्गको प्रयोग गरेरै ठुलो परिणामको अवैध सुन भित्रिने गरेको खुलेको हो ।

‘विमानस्थलबाट ठुलो परिमाणमा सुन भित्रिने गरेको खुलेपछि हामीले गहन अध्ययन गर्‍यौँ । त्यसो गर्दा वैध बाटोकै प्रयोग गरेर अवैध सुन आयात गरेको पाइयो,’ भट्टराईले भने, ‘त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा जनशक्ति थपियो । थपिएको जनशक्तिले परिणाम देखायो ।’

उनका अनुसार यही मङ्सिर १३ गते विमानस्थलबाट २१ किलो सुन भन्सारको दायरामा ल्याइयो । प्रतिकिलो ८५.७५ तोला सुन हुन्छ । २१ किलो सुनलाई तोलामा परिणत गर्दा १८ सय तोला हुन आउँछ । मङ्सिर १३ गतेको नेपाली बजारको मूल्यअनुसार उक्त सुनको मूल्य १६ करोड ५६ लाख रुपैयाँभन्दा बढी हुन्छ ।

​यस्तै, १३ गते विमानस्थलमा कढाई गरिएपछि हिजो १४ गते सुन भित्रिने क्रममा ह्वात्तै घट्यो । १३ गते २१ किलो सुन भित्रिएको विमानस्थलबाट १४ गते ११ किलो मात्रै सुन भित्रियो । ११ किलो सुनमा ९४३ तोला सुन हुन्छ । हिजो मङ्सिर १४ गते नेपालमा कायम रहेको ९१ हजार ९०० रुपैयाँले गुणान गर्दा उक्त सुनको मूल्य ८ करोड ६६ लाख रुपैयाँभन्दा बढी हुन आउँछ ।

दुई दिनमा विमानस्थलमा भित्रिएको सुनको परिमाण जोड्दा ३२ किलो हुन्छ । र, दुई दिनको मूल्य जोड्दा २५ करोड २२ लाख रुपैयाँ हुन आउँछ । मङ्सिर १३ गते यता भने बाला आकारमा बङ्ग्याएर ल्याइएको सुनको भन्सार महसुल तिराउन थालिएको छ ।

कानुनी छिद्र छिचोलेर अवैध सुन
सरकारले ‘भन्सार ऐन, २०६४’को दफा ९ को उपदफा (३)ले दिएको अधिकार प्रयोग गरेर गत वर्ष २०७७ साल जेठ १५ गते एउटा सूचना जारी गरेको थियो । राजपत्रमा समेत प्रकाशित उक्त सूचनाले विदेशबाट नेपाल फर्कँदा नेपाली यात्रुले ल्याउनु पाउने वस्तुको सूची र परिमाण खुलायो ।

उक्त सूचनामा विदेशबाट फर्केका नेपाली यात्रुले ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ । यही व्यवस्थामा टेकेर विदेशबाट नेपाल फर्कने नेपालीलाई प्रयोग गरेर तस्करले अवैधरुपमा सुन भित्र्याइरहेको पाइएको हो ।

खासगरी, गत वर्ष राजपत्रमा प्रकाशित सूचनामा ५० ग्रामसम्म सुनका गहना नेपाल ल्याउन पाउने उल्लेख छ । ‘सुनको सिक्री, औँठी लगायत नेपाली स्वरूपमा परिवर्तन गरिएका ५० ग्रामसम्म सुनका गहनाको भन्सार महसुल लाग्दैन,’ भट्टराईले भने, ‘यही व्यवस्थाको दुरुपयोग भयो र अवैध सुन भित्रियो ।’

‘नेपालमा वैध मार्गको प्रयोग गरेर अवैधरुपमा ठुलो परिमाणको सुन भित्रिएको पाइएको छ । विमानस्थल भन्सारबाट एकै दिन २१ किलोसम्म सुन नेपाल भित्रियो,’ अर्थमन्त्री जनार्दन शर्माले भने, ‘यसलाई रोक्न विमानस्थल भन्सारमा ठुलो सङ्ख्यामा जनशक्ति खटाइएको छ ।’ उनले कानुनी छिद्रतालाई छिचोलेर अवैधरुपमा सुन भित्र्याइएको पाइएकाले दुई दिनयता कढाई गरिएको जानकारी दिए ।

‘कानुनको यो व्यवस्थामा रहेर काँचो सुनलाई सामान्यरुपमा घुमाइयो र हातमा लाउने बाला (गहनाको स्वरुप) बनाइयो । यसलाई नै गहना भनेर व्याख्या गर्दै भन्सार नतिरे रै सुन भित्र्याउने काम भयो,’ भट्टराईले भने, ‘यसरी बदमासी गरेको जानकारी पाएपछि हामीले कढाई गर्‍यौँ ।’

भट्टराईले भिजिट भिसामा दुबई घुम्न गएकाले समेत ५० ग्राम सुन ल्याएको पाइएको रातोपाटीलाई बताए । नेपालबाट भिजिट भिसामा घुम्न जाँदा प्रतिव्यक्ति १५ सय अमेरिकी डलर मात्र सटही गर्न पाउँछन् । यो पैसा लिएर दुबई गएका नेपालीले ५० ग्राम सुन ल्याएको पाइएको हो । जबकि, दुबईमा ५० ग्राम सुनको मूल्य ३२ सय अमेरिकी डलर पर्छ ।

के छ कानुनी व्यवस्था ?
भन्सार ऐन, २०६४ अनुसार नेपालमा काँचो सुन आयात गर्न मिल्दैन । गहना बनाइएका सुन भने नेपालीले नेपाल फर्कँदा साथमै ल्याउन पाउँछन् । व्यवस्थाअनुसार नेपालीले नेपाल फर्कँदा एक पटकमा १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाउँछन् । योभन्दा बढी सुन ल्याएमा तोकिएकोभन्दा बढी सबै सुन बरामद हुने व्यवस्था छ । पहिलो ५० ग्रामसम्म प्रतिग्राम ९५० रुपैयाँ भन्सार तिरेर ल्याउन पाइन्छ ।

प्रतिग्राम ९५० रुपैयाँ भन्सार महसुल तिर्दा ५० ग्रामको ४७ हजार ५०० रुपैयाँ भन्सार तिर्नुपर्छ । यस्तै, थप ५० ग्राम सुन ल्याउँदा प्रतिग्राम एक हजार ५० रुपैयाँ तिर्नुपर्छ । यसरी एक सय ग्राम काँचो सुन ल्याउँदा एक लाख रुपैयाँ तिर्नुपर्छ । यस्तै, एक किलो सुनमा एक हजार ग्राम हुन्छ । र, दुई दिनमा ३२ किलो सुन नेपाल भित्रिएको छ । यसको भन्सार महसुल तीन करोड १० लाख रुपैयाँ हुने भट्टराईले बताए ।

यसैगरी, नेपाल फर्कँदा नेपालीले ५० ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार महसुल लाग्दैन । योभन्दा बढी एक सय ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १० हजार ५०० र त्योभन्दा बढी एक सय ग्राम सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार लाग्छ । समग्रमा नेपाल फर्कँदा २५० ग्राममात्रै सुनका गहना ल्याउन पाइन्छ ।

सुन ल्याउन पाउने व्यवस्था नै खारेज गरे हुन्छ – अध्यक्ष
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य भन्सार कार्यालयले सर्वसाधारणलाई दुःख दिएको बताउँछन् । उनले सरकारले नै बनाएको ऐनमा रहेर ल्याइएको सुन ल्याउन नपाउने भन्न नमिल्ने बताए । भने, ‘५० ग्रामसम्म सुन ल्याउन पाउने भनेर आफैँ नियम बनाउने । फेरी त्यस्तो पाइँदैन भन्ने काम भयो । यस्तो हो भने सुन ल्याउन पाउने व्यवस्था नै खारेज गरिदिए हुन्छ ।’

उनले कोही–कसैले बदमासी गरेको हुन सक्ने भए पनि समग्र नेपालीलाई दुःख दिन नहुने रातोपाटीलाई बताए । यस्तै, कानुनी अस्पष्टतालाई सुधार गरेर कुन प्रकारको सुन ल्याउन पाउने र कुन प्रकारको नपाउने भन्ने स्पष्ट व्यवस्था हुनु पर्ने समेत उनले बताए । खासगरी, नेपालमा दैनिक ३० किलो सुन आवश्यक पर्ने व्यवसायीहरू बताउँछन् । तर, नेपाल राष्ट्र बैंकले दैनिक २० किलो मात्रै सुन आयात गर्दै व्यवसायीलाई वितरण गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!