तेल अभिभ:= विश्वकै सबैभन्दा महँगो शहरको शीर्षस्थानमा इजरायली शहर तेल अभिभ शहर सावित भएको छ । इकोनोमिष्ट इन्टेलिजेन्स युनिट (इआइयु) ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो शहर बनेको हो ।
महंगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो । इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य शहरको तुलनामा बढी देखिएको जनाइएको छ ।
त्यस्तै, पेरिस र सिंगापुर दुवै शहर दोस्रो स्थानमा छन् भने जुरिच र हङ्कङ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । त्यसैगरी, न्यूयोर्क र जेनेभा क्रमशः पाँचौं र छैटांै स्थानमा परेका छन् । त्यस्तै, कोपनहेगन सातौं, लस एञ्जेलस आठौं र जापानको ओसाका नवौं स्थानमा छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-