बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिजिट भिसामा गएर युएईमा थुप्रिने क्रम रोकिएन, श्रममन्त्रीले तत्काल कडाइ गर्नुपर्ने पीडितहरुको माग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १७, २०७८ ११;०७ बिहान प्रकाशित
भिजिट भिसामा गएर युएईमा थुप्रिने क्रम रोकिएन, श्रममन्त्रीले तत्काल कडाइ गर्नुपर्ने पीडितहरुको माग
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : भिजिट भिसामा गएर आकर्षक तलब सुविधासहितको रोजगारी पाउने प्रलोभनमा युएई पु¥याइएका नेपाली युवाहरूको ठूलो संख्या अलपत्र परेका छन् ।

खासगरी दुबई एक्सोमा सुरक्षागार्डमा राम्रो तलब पाउने भन्दै लगिएका युवाहरू अलपत्र पर्ने क्रम दैनिकरूपमा बढी रहेको बताइएको छ । आकर्षक रोजगारी खोजीदिने भन्दै वैदेशिक रोजगार ऐनले तोकेको प्रक्रिया पूरा नगरी भ्रमणका लागि जारी हुने ‘भिजिट भिसा’मा लैजाने क्रम पहिलेदेखि रहेपनि पछिल्ला दिनमा दुबई एक्स्पोमा सुरक्षागार्डको राम्रो तलब पाइन्छ भन्दै आश्वासन दिएर युएई पठाउने क्रम ह्वात्तै बढेको युएईस्थित नेपाली दुतावास स्रोतले बताएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले भिजिट भिसामा जानेहरुलाई निरूत्साहित गर्नुपर्ने पटक–पटक बताएपनि व्यवहारमा भिजिट भिसामा जानेक्रम नरोकिएको युएईबाट मध्यान्हलाई प्राप्त एक भिडियोमा देखिएको छ । भिडियोमा नेपालका रस्तमा राईले टाईगर म्यानपावरमार्फत पठाएको बताउने बाराका युवाहरूले युएई पुगेपछि नेपालबाटै गएका एजेन्टले आफुहरूसँग रहेको डलर पनि दबाबदिई जबरजस्ती लिएर नेपाल फर्किएको र आफुहरूलाई अलपत्र पारेको बताए ।

एजेन्टले पाकिस्तानीलाई दिएका राहदानी स्थानीय प्रहरीको सहयोगमा फिर्ता लिन सकेपनि घर फर्किने टिकट नभएको उनीहरूको भनाइ छ । हाल उनीहरू सहयोगीहरूले दिएको आधा पेट खाएर सडक र खुला आकाशमा दिन कटाइरहेका छन् । अलपत्र परेका युवाहरूले दलालको भरमा परेर भिजिट भिसामा युएई नआउन आग्रह गरेका छन् ।

नेपालबाट भिजिट भिसामा यूएई जाँदा तीन लाख रुपैयाँसम्म असुल्ने गरिएको पीडितहरुको भनाइ छ । खोपको कारणले कोरोना संक्रमण कम भएपछि भिजिट भिसामा युएई जानेक्रम बढेको हो । गृहमन्त्रालयले त्यसको अनुगमन गरी छानबिन गर्न जिम्मेवारी अध्यागमन विभागलाई दिएपनि अध्यागमन कर्मचारीहरुले नै ट्राभल्स एजेन्सी र एयरलाइन्ससँग मिलेर ‘भिजिट भिसा’मा जानेहरुलाई लुसुलुसु पठाउने गरेको धेरैको भनाइ छ ।

यसबारेमा गृह मन्त्रालयमा रिपोर्टिङ भएपनि नियन्त्रण नभएको विमानस्थल स्रोतले बतायो । स्रोतका अनुसार भिजिट भिसाको धन्दामा राजधानीका केही ट्राभल एजेन्सी र एयरलाइन्स पनि संलग्न रहेका छन् । यूएईमा उच्चदक्ष कामदारहरूले मात्र स्थानीय स्तरमा कम्पनी परिवर्तन गर्दै स्वतन्त्र रूपमा रोजगारी पाउने गरेका छन् । तर भिजिट भिसामा गई स्वतन्त्रपूर्वक कम्पनी परिवर्तन गर्दै आकर्षक तलबमा काम गर्न पाइने भन्दै दलालहरुले म्यानपावर कम्पनीबाट जाँदा समय लाग्ने म्यानपावरकम्पनीलाई भिसा पठाउनपनि ढिला गर्ने भन्दै भड्काएर प्रलोभनमा पार्ने गरेका छन् ।

भिजिट भिसामा जानेहरुले भने यूएई पुगेपछि काठमाडौंमा भनेजस्तो आकर्षक तलब र राम्रो काम पाउन सक्दैनन् । भिजिट भिसाको तीन महिने अवधि सकिएपछि उनीहरु ओभरस्टे भएर समस्यामा पर्ने गरेका छन् ।

भिजिट भिसामा गएका नेपाली समस्यामा परेपछि नेपाली दुतावासमाथि उनीहरूलाई उद्दार गरेर स्वदेश फर्काउनुपर्ने दबाब पर्ने र श्रम स्वीकृति लिएर वैधानिक रूपमा गएका कामदारको समस्यामा ध्यानदिन नसकेको बताइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले आफू गत महिना आबुधावी डाईलगमा जाँदा नै भिजिट भिसामा गएकाहरूले ठूलो समस्या पार्ने भनाइ राखेका थिए । केही दिन अघि वैदेशिक रोजगार व्यवसायी तमुधीः समाजको प्रतिनिधि मण्डलसँगको भेटमा पनि उनले वैदेशिक रोजगार व्यवसायीले नै भिजिट भिसामा गैरकानूनी रूपमा युवाहरूलाई पठाएको भन्दै त्यस्ता म्यानपावर कम्पनीलाई कडा कारवाही गर्ने बताएका थिए ।

तर दैनिक रूपमा भिजिट भिसामा गएर नेपालीहरू युएईमा थुप्रिने क्रम नरोकिँदा कतिपयले श्रम मन्त्रीले गृह मन्त्रालयसँग समन्वय गरेर कामगर्न ढिलागरेको भन्दै तत्काल यस विषयमा ध्यानदिनुपर्ने मागगरेका छन् । यस विषयमा कदम चाल्न ढिला गरे ठूलो मानवीय समस्या सिर्जना हुनसक्ने धेरैको टिप्पणी छ ।

नेपालमा युवाहरूलाई युएई गएपछि अन्तर्वार्ता पनि दिन पर्दैन । गएपछि सिधै जागिर पाईन्छ भन्दै आश्वासन दिने तर, त्यहाँ आएपछि नेपालको एजेन्ट पनि फोन अफ गरे पछि बल्ल युवाहरूले ठगिएको थाहा पाउने गरेको पीडितहरूले बताएका छन् । उनीहरूले भनेका छन्, ‘मन्त्रीज्यूले तत्काल भिजिट भिसाको अनुचित चलखेल रोक्नुपर्यो ।’ मध्यान्ह दैनिक बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!