बैदेशिक पोष्ट
२०८२ पुस १, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतारसँगको श्रम सम्झौता : ‘फलाम तातेकै बेला पिट्नुपर्छ !’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
मंसिर १७, २०७८ १४;५२ मध्यान्ह प्रकाशित
कतारको अदालतले कामदारलाई भन्यो- आफ्नो असन्तुष्टि पहिले रोजगारदातासमक्ष राख्नू
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोरोना कहरपछि बिस्तारै वैदेशिक रोजगारी चलायमान हुँदैछ । यद्यपि कोरोना कहर भने रोकिएको छैन । यस बीचमा धेरै नेपालीहरूले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । कतिले त पुनः वैदेशिक यात्रालाई नै पछ्याएका छन् । नेपालीहरूको आकर्षक श्रम गन्तव्य देशहरूले श्रमिकका हक र अधिकारका दायराहरू फराकिलो पार्दै लगिरहेका छन् । कतार, साउदी अरेबिया र यूएई लगायतका देशहरूले श्रम ऐनमा व्यापक फेरबदल गरिरहेका छन् । यसले लाखौँ आप्रवासी कामदारहरूलाई केही हदसम्म भए पनि राहत मिलिरहेको छ ।

कतारसँग नेपालले सन् २००५ यता श्रम सम्झौता गर्न सकेको छैन । तीन वर्ष पहिले नेपालले कतारसँग श्रम सम्झौता गर्नका लागि सम्झौतासम्बन्धी मस्यौदा कतार पठाएको थियो । नेपाल र कतारका प्रतिनिधिबीच दुई देशबीच श्रम सम्झौता पुनरावलोकनका लागि यही शुक्रबार भेटवार्ता समेत हुँदैछ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका सचिवको नेतृत्वको टोली अहिले नेपाल आएको छ ।

१६ वर्षसम्म द्विपक्षीय रूपमा पुनरावलोकन हुन नसकेको यस विषयमाथि नेपालले अलि धेरै गम्भीर भएर नेपाली युवाहरुको मन भरोसा जित्ने गरी आफ्ना मुद्दाहरु उठाउन जरुरी छ । १६ वर्षसम्म श्रम सम्झौता पुनरावलोकन नहुँदा नेपाली श्रमिकहरूले सस्तोमा आफ्नो श्रम बेच्न बाध्य भएका छन् भने श्रम सम्झौतामा नसमेटिएका कैयौँ बुँदाहरूले गर्दा श्रमिकहरू ठगिन पुगेका छन् । यसले श्रमिकलाई त घाटा हुने नै भयो, राज्यलाई समेत ठूलो घाटा भएको छ ।

कतारमा पहिलो पटक सन् १९६२ मा श्रम कानुन बनेको थियो । कानुन नम्बर ११ ले यसलाई सम्बोधन गर्दथ्यो । बिस्तारै विदेशी कामदारहरूको लागि कानुन आयो र संसोधन र परिमार्जित हँुदै गयो । १६ जनवरी २०२० मा आन्तरिक मन्त्रीको २०१९ को निर्णय संख्या ९५ जारी भयो । तत्कालैदेखि कार्यान्वयनमा आएको त्यस व्यवस्थाले कतारको श्रम कानुनभित्र नपर्ने सबै प्रवासीलाई निकास अनुमति नचाहिने भयो ।

कामदारलाई आकर्षित गर्न, तिनको अधिकारको रक्षा गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न ‘कतार राष्ट्रिय दृष्टिकोण २०३०’ सुरु भएको छ । यस नयाँ निर्णयले आर्थिक वृद्धिलाई प्रोत्साहित गर्नेछ । लगानीकर्ता, रोजगारदाता र कर्मचारीका लागि त्यसले ढोका खुलाउने छ । यसले कतारको श्रम बजारमा प्रतिस्पर्धा बढाउनेछ । र, अब कामदारलाई रोजगारदाता बदल्न अनुमति दिने र रोजगारदातालाई स्थानीय बजारमा उत्कृष्ट प्रतिभा आकर्षित गर्न अनुमति प्रदान गर्न ‘एनओसी’ नचाहिने भएको छ । न्यूनतम ज्यालाको नियम मध्यपूर्वमा पहिलो पटक कतारले लागू गरेको हो । कतारले सन् २०२० को अगस्टमा भेदभावरहित मासिक एक हजार कतारी रियालको न्यूनतम ज्यालाको नियम लागू ग¥यो । रोजगारदाताले बस्ने र खाने सुविधा नदिएमा थप ५०० कतारी रियाल बसोबासको लागि र ३०० कतारी रियाल खानाको लागि दिनुपर्ने नियम ल्यायो ।

यसले नेपाली लगायत धेरै देशका कामदारलाई राहत मिलेको छ । कतारलाई श्रम कानुन परिर्वतन गर्न अन्र्तराष्ट्रिय संघसंगठनहरूले निकै दबाब दिए । यो क्रम अहिलेपनि जारी नै छ । आउँदो वर्ष कतारले आफ्नो देशमा विश्वकप फुटबलको आयोजना गर्ने भएको हुँदा अन्तर्राष्ट्रिय संघ संगठनहरुको ध्यान कतारमाथि छ ।

गन्तव्य देशहरूले नै धमाधम श्रम ऐन संसोधन गरिरहेका छन् । यस्तोमा श्रमिक निर्यात गर्ने देश त्यसै चुप बसेर हुँदैन । कम्तीमा पनि हरेक ५र५ वर्षमा श्रम ऐनहरूको पुनरावलोकन हुनैपर्छ । समय सापेक्ष रूपमा द्विपक्षीय सम्झौताहरू पुनरावलोकन गरिरहनु पर्दछ । विश्व बजारमा महंगी बढेसँगै नेपाली श्रम र सीपको पनि मूल्य बढ्न जरुरी छ । र, अर्को उल्लेख्य कुरो, कतार पहिलेदेखि नै नेपालमा आधुनिक किसिमको तालिम केन्द्र खोल्न इच्छुक रहेको छ । त्यसलाई पूरा गर्न समन्वय गर्ने दायित्व पनि नेपालमाथि छ ।

अब खुल्ने तालिम केन्द्रमा स्काफोल्डिङ, प्लम्बिङ, हाउस वायरिङसम्बन्धी तालिममात्र होइन, रिसेप्सनदेखि कस्टमर सर्भिस र सेल्ससम्मको तालिमहरू संलग्न गराइनुपर्छ । कतार जाने कामदारले शून्य लागतमा कतार जान पाउने कानुनी प्रावधान छ तर कतार जाने कामदारहरू चर्को शुल्क तिर्न बाध्य छन् । यसको समाधान नेपालले नै खोज्नु पर्ने छ र यो खोजिनु पर्छ । उपयुक्त अवसर यही नै हो ।

कतारमा नेपाली युवाहरुले अकालमा ज्यान गुमाइरहेका छन् । कतार जानेबेलामा स्वास्थ्य परीक्षण पास भएर गएका युवा के कारणले ज्यान गुमाउन पुग्छन् ? यसको खोजी गर्नु नेपाल सरकारको दायित्व हो । कार्यस्थलमा ज्यान गुमाएको श्रमिकले पाउने क्षतिपूर्ति सरह सुतेको अवस्थामा ज्यान गुमाउने श्रमिकको परिवारले पनि क्षतिपूर्ति पाउने प्रावधान र अडान नेपालले लिनु पर्ने हुन्छ । फलामलाई तातेको अवस्थामा पिटियो भने त्यसले सही आकार लिने हो । अतः नेपालले पनि श्रमिक हक अधिकारको लागि तात्नु पर्ने बेला यही हो । अब नेपालले यस विषयमा ढिलाइ गर्नु हुँदैन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!