नयाँ कोरोना भाइरसको ‘म्युटेन्ट ओमिक्रोन’ कोरोना भाइरस नियन्त्रणको सीमा उपाय अन्तर्गत सरकारले ईण्डिया लगायत तीन देशबाट फर्किएका जापानी सहित सबैलाई डिसेम्बर ५ तारिखदेखि तोकिएको आवासिय सुविधा केन्द्रमा तीन दिनसम्म बस्नुपर्ने नियम लागू गर्ने भएको छ ।
नयाँ उत्परिवर्तीत भाइरस ‘ओमिक्रोन स्ट्रेन’को विश्वव्यापी फैलावटको प्रतिक्रियामा, जापान सरकारले सीमा उपायहरू सुदृढ गर्दै लगेको छ । संक्रमित व्यक्तिहरू पुष्टि भएका देशहरू र क्षेत्रहरूबाट फर्केका बिदेशी सहित जापानीहरूका लागि ‘क्वारिन्टिन स्टेशन’हरू स्थापनालाई जापानले बढाउँदै लगेको छ । जापानले तोकिएको स्थानमा ३ देखि १० दिनसम्म अनिवार्य बस्नुपर्ने नियम र उपायहरु लागू गर्न थालेको छ ।
पछिल्लो संक्रमण अवस्थाका आधारमा अमेरिका सहित ईण्डिया, ग्रीस, रोमानिया, हवाई, न्युयोर्क आदिबाट फर्किएका जापानी नागरिकलाई पनि ५ तारिख मध्यरातबाट अनिवार्य एयरपोर्ट क्वारिन्टिन नियम लागू गर्नेछ ।
यो सहित जापानले कोरोना भाइरस संक्रमण जोखिम रहेका ६० देश तथा क्षेत्रलाई ‘क्वारिन्टिन’ नियममा बाँधेको छ । हालैका दिनमा जापानले सिमा नियन्त्रण उपायहरुलाई कडा पार्दै लैजाने क्रममा नयाँ भिषा वाहकहरुको प्रवेशलाई पनि रोकेको छ ।
नेपालमा हालसम्म ओमिक्रोन कोरोना भाइरस संक्रमित पुष्टि भएको छैन । छिमेकी ईण्डियामा संक्रमित पुष्टि हुनेक्रम सुरु भएको अवस्थामा जापानले हाल तीन दिन मात्र एयरपोर्ट होटल क्वारिन्टिन बस्नुपर्ने नियमलाई बढाउनसक्ने सम्भावना छ ।
प्रतिक्रिया लेख्नुहोस्:-