काठमाडौं:= कतार र अमेरिकी कम्पनीहरूले नेपालको निर्माण तथा रियलस्टेट व्यवसायमा लगानी गर्ने भएका छन् । नेपाल, कतार, अमेरिकी कम्पनीबीच साझेदारीमा निर्माण तथा रियलस्टेट व्यवसाय क्षेत्रमा काम गर्ने सम्झौता भएको छ ।
नेपालको एसवन ग्रुप अफ कम्पनी, कतारको एस वीजी कन्ट्राक्टिङ संघबीच यस्तो सम्झौता भएको हो । एसवन ग्रुपले नेपालमा निर्माण तथा रियलस्टेट क्षेत्रमा काम गर्दै आएको छ ।
त्यस्तै एम्प्लीफाई डेभलपमेन्टले अमेरिकामा सिटी प्लानर तथा डेब्लपरको काम गर्दै आएको छ । एस वीजी एन्ट्राक्टिङ संघले कतारमा निर्माण क्षेत्रमा काम गरिरहेको छ । तीनवटा कम्पनीले निर्माण क्षेत्रमा सहकार्य गर्ने भएका हुन् ।
एम्प्लीफाई डेपलपरका अध्यक्ष कुलमणि आचार्यले विगत १८ वर्षदेखि अमेरिकामा बसेर त्यस क्षेत्रको नगरपालिका तथा स्मार्ट सिटीमा काम गरिरहेको जानकारी गराउँदै त्यही विज्ञता र प्रविधिलाई नेपालको विकासमा लगाउने बताउनुभयो ।
एसवन ग्रुपका अध्यक्ष सुरज न्यौपानेले एस वनले आधुनिक भवन, होटल, स्कुल तथा कलेजको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-