२२ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा सन् २०२२ को जनवरीदेखि अढाइ दिनको सप्ताहन्त हुने भएको छ । अर्थात् सरकारी कार्यालयहरुमा सातामा साढे चार दिनमात्रै काम हुनेछ ।
गल्फ न्यूजका अनुसार यो बिदा शुक्रबार मध्याह्नदेखि सुरु हुने छ । शनिबार र आइतबारको दिन पनि पूरै बिदा हुने छ । सबै सरकारी कार्यालयहरुमा यो बिदा लागू हुने छ ।
अरु दिनहरूमा भने बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन भने बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरु खुल्नेछन् । सो क्रममा घरैबाट काम गर्ने विकल्पसमेत राखेर काम गराइलाई लचिलो बनाइएको छ ।
शुक्रबार मध्याह्नको नमाजको समय यूएईभर दिउँसो सवा १ बजेदेखि हुनेछ । यो निर्णय उत्पादकता बढाउन र वर्क लाइफ ब्यालेन्सलाई ध्यानमा राखेर गरिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-