नेपाल इमिग्रेशन विभागले युएई जान लागेका ५३ महिला र २३ पुरुष गरि कुल ७६ यात्रुलाई ललितपुरस्थित एक सहकारीको सिफारिसमा फिर्ता गरेको छ । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले यात्रुको विदेश जाने उद्देश्य शंकास्पद भएपछि फिर्ता गरिएको बताए । “केही संदिग्ध भेटिएपछि हामीले कागजातहरू खोज्यौं। इमिग्रेशन विभागले सहकारीलाई पत्र पठाएर जानकारी माग्ने बताएपछि उनीहरू डराए । उनीहरुमध्ये केही स्वेच्छाले विमानस्थलबाट फर्किएका छन्,’ शाहीले भने ।
विभागका अनुसार उनीहरुले ललितपुरस्थित शुभेछा बहुउद्देश्यीय सहकारी संस्थाको पत्र देखाएका थिए । शाहीले थपे, ‘यो विभागको अनुसन्धानको विषय हो । इमिग्रेशन कार्यालयले घटनाबारे अध्यागमन विभाग र गृह मन्त्रालयलाई लिखित जानकारी गराउने शाहीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-