जापानी अधिकारीहरुले बुधवार कोरोना भाइरसको ‘ओमिक्रोन स्ट्रेन’बाट संक्रमित चौथो व्यक्तिको पुष्टि गरेका छन् । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार शनिबार टोकियो नजिकैको नारिता ‘एयरपोर्ट’मा आइपुगेपछि नाइजेरियाको यात्रा गरेका ५० बर्षिय एक व्यक्तिमा ओमिक्रोन प्रकारको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सोही उडानमा रहेका अन्य १०३ यात्रुको पहिचान भइसकेको र उनीहरुको स्वास्थ्य अवस्थाको अनुगमन गरिने मन्त्रालयले जनाएको छ । उक्त व्यक्तिले अक्टोबरमा फाइजरको कोरोना भाइरस बिरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएको उल्लेख छ ।
जापानमा नोभेम्बर ३० मा ओमिक्रोन ‘भेरियन्ट’को पहिलो ‘केस’को पुष्टि गरिएको थियो । विदेशबाट आएका मानिसहरूलाई कोरोना भाइरस संक्रमणको लागि परीक्षण गरिएको हुनाले अहिलेसम्म, सबै चारवटा ‘केस’हरू विमानस्थलमा पत्ता लागेको छ ।
जापान भित्र कुनैपनि नयाँ प्रकारको ओमिक्रोन ‘स्ट्रेन’बाट संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-