जापानको खागोशिमा प्रान्त आकुसेकिजिमा क्षेत्रमा हप्तादिनको बिचमा २ सय ६० भन्दा बढि पटक भूकम्प गएको छ । डिसेम्बर ४ तारिख देखी ११ तारिख बिहानसम्म एकपछि अर्को भूकम्पको धक्काले हल्लाउन थालेपछि त्रसित बनेका तोशिमा गाउँको आकुसेकिजिमाका बासिन्दाले गाउँ छाड्न थालेका छन् ।
कागोशिमा प्रीफेक्चरको तोशिमा गाउँको आकुसेकिजिमाबाट ९ तारिख देखिनै बासिन्दाहरू घर खाली गरेर अन्यत्र बसाई सर्न थालेका छन् । जहाँ उनीहरूले ५ वा सो भन्दा माथिको भूकम्पको कम्पन हरेकदिन दर्जनौं पटक अनुभव गरेका छन् । डिसेम्बर ११ तारिख शनिवार बिहान उक्त टापु गाउँ छाडेर अन्यत्र बसाई सर्न चाहने बासिन्दाहरू डुंगामा चढेर बाटो लागेका छन् ।
खागोशिमा प्रिफेक्चरको तोकारा टापु नजिकैको समुन्द्रमा यस महिनाको ४ देखि ११ गतेसम्म १ वा सोभन्दा बढीको भूकम्प २६० बढि पटक गइसकेको छ । ९ तारिख ५ वा सोभन्दा बढीको भूकम्पको कम्पन महशुस गरिएको थियो ।
अकुसेकिजिमाका धेरै बासिन्दाहरूले असहज महसुस गरेकाले तोशिमा गाउँले चाहनेहरूको लागि अन्यत्र बसाई सर्न सहयोग गरिरहेको छ । खागोसिमा सिटीबाट १० तारिख रात छुटेको डुंगा गाउँ छाड्ने हतारोमा रहेकाहरुलाई लिन बिहान करिब ९ः४५ बजे पुगेको थियो ।
तोशिमा गाउँका अनुसार ७५ बासिन्दा मध्ये ३० जना टापुबाट बाहिर निस्कन चाहन्छन् भने १६ जनाले गाउँ छाडिसकेका छन् । अन्य गाउँलेहरुले पनि थप अवस्था हेरेर धारणा बनाउने बताएका छन् ।
बाँकी १४ जनालाई १२ तारिख बिहान आकुसेकिजिमा पुगेर फेरी कागोशिमा सहरतर्फ लगिने भएको छ । तोकरा टापु नजिकैको जलक्षेत्रमा १० तारिख देखि भूकम्प जानेको संख्यामा कमी आएको भएपनि हालसम्म आएको भूकम्पका कारण चट्टान र पहिरोको जोखिम बढेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । मौसम एजेन्सीले ५ वा सोभन्दा बढीको भूकम्प आगामी हप्तादिनमा आउने जोखिम उस्तै रहेकोमा सचेत गराएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-