कोरोना भाइरसको नयाँ भ्यारिएन्ट यसको अन्य प्रकारको तुलनामा अति नै संक्रामक हुन सक्ने जापानी विज्ञरुहले चेतावनी दिएका छन् । बुधबार जापानको स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिका प्रमुखले यस्तो बताएका हुन् ।
‘दक्षिण अफ्रिकामा ओमिक्रोन संक्रमितले डेल्टा भ्यारिएन्ट संक्रमितको संख्यालाई उछिनेको छ,’ सल्लाहकार समितिका प्रमुख तथा राष्ट्रिय संक्रामक रोग संस्थाका अध्यक्ष ताकाजी वाकिताले दिउँसोको बैठकमा भनेका थिए । अफ्रिकी देशहरुमा ओमिक्रोनको प्रकोप शुरुआती चरणमा भएको बेलामा ओमिक्रोन संक्रमित एक जनाले अन्य व्यक्तिलाई संक्रमण सार्ने औसत दर डेल्टा भ्यारिएन्टको तुलनामा ४ दशमलव २ गुणा रहेको क्योटो विश्वविद्यालयका प्राध्यापक हिरोशी निशिउरा र अन्य विज्ञहरुले बताएका थिए ।
ओमिक्रोन भ्यारिएन्टमा प्रतिरोधी क्षमताबाट बच्ने निश्चित खालको क्षमता हुन सक्ने वाकिताको भनाई छ । आफूहरुले घरेलु स्तरमा हुन सक्ने ओमिक्रोनको प्रकोपको लागि तयारी गर्नु जरुरी भएको उनले बताएका छन् ।
बैठकमा सल्लाहकार समितिका सदस्यहरुले मास्क लगाउने लगायत कोरोना फैलिन नदिने उपायहरुको पूर्ण रुपमा पालना गर्न र खोपको बुष्टर मात्राको निरन्तर प्रवद्र्धनका लागि जोड दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-