काठमाडौँ — राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय २१ रुपैयाँ ५३ पैसा तोकेको छ । गत बिहीबारको तुलनामा यो ०.५ पैसाले बढी हो । बिहीबार राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ ३ पैसा तोकेको थियो । यसअघि २०७६ चैतमा अमेरिकी डलरको विनियम दर सबैभन्दा धेरै १ सय २१ रुपैयाँ ६९ पैसा रहेको थियो ।
पछिल्ला केही दिनयता अमेरिकी डलरको भाउ निरन्तर बढीरहेको छ भने नेपाली मुद्रा कमजोर बन्दै आएको छ । विश्वबजारमा डलरको माग बढेसँगै त्यसको भाउ पनि बढ्न थालेको बताइएको छ । गत असोज २७ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ १२ पैसा थियो । त्यसपछि डलरको भाउ केही घटेको थियो ।
गत कात्तिक २५ मा एक अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँ ७३ पैसा कायम भएको थियो । त्यसयता भने डलरको भाउ लगातार उकालो लागिरहेको छ । सोही क्रममा शनिबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको हो ।
केही दिन यता विश्व बजारमै डलरको माग बढी रहेको छ । नेपालमा विश्वबजारका कारणभन्दा पनि भारतीय मुद्रा कमजोर भएकाले नेपाली मुद्राको भाउ पनि अवमूल्यन भएको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यससँगै कूल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले भएको यही हो ।
शनिबार एक अमेरिकी डलरको विनिमय दर भारु ७५.७२ छ । गत मंगलबार यस्तो दर भारु ७५.४४ थियो । पछिल्लो एक महिनामा डलरसँगको तुलनामा भारु निरन्तर कमजोर बन्दै गएको तथ्यांकहरूले देखाएका छन् ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
USD (U.S. Dollar)
|
1 | 120.93 | 121.53 |
|
EUR (European Euro)
|
1 | 136.43 | 137.11 |
|
GBP (UK Pound Sterling)
|
1 | 159.65 | 160.44 |
|
CHF (Swiss Franc)
|
1 | 130.89 | 131.54 |
|
AUD (Australian Dollar)
|
1 | 86.45 | 86.88 |
|
CAD (Canadian Dollar)
|
1 | 95.08 | 95.55 |
|
SGD (Singapore Dollar)
|
1 | 88.50 | 88.94 |
|
JPY (Japanese Yen)
|
10 | 10.64 | 10.69 |
|
CNY (Chinese Yuan)
|
1 | 18.99 | 19.09 |
|
SAR (Saudi Arabian Riyal)
|
1 | 32.24 | 32.40 |
|
QAR (Qatari Riyal)
|
1 | 33.21 | 33.38 |
|
THB (Thai Baht)
|
1 | 3.59 | 3.61 |
|
AED (UAE Dirham)
|
1 | 32.92 | 33.09 |
|
MYR (Malaysian Ringgit)
|
1 | 28.71 | 28.85 |
|
KRW (South Korean Won)
|
100 | 10.24 | 10.29 |
|
SEK (Swedish Kroner)
|
1 | 13.32 | 13.39 |
|
DKK (Danish Kroner)
|
1 | 18.35 | 18.44 |
|
HKD (Hong Kong Dollar)
|
1 | 15.50 | 15.58 |
|
KWD (Kuwaity Dinar)
|
1 | 399.21 | 401.20 |
|
BHD (Bahrain Dinar)
|
1 | 320.75 | 322.34 |
![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/dollar-malaysia-nepal.jpg?resize=750%2C375&ssl=1)


![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-