काठमाडौं : अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले नेपालको श्रम प्रशासन सुधारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ ।
श्रम मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा आईएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)लाई ती सामग्रीहरु हस्तान्तरण गरे । आईएलओले ५ वटा मोटरसाइकल, २४ वटा ल्यापटप–प्रिन्टर लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दै आएको निर्देशक होवार्डले बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित गर्न आईएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिए । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आईएलओले नेपालमा काम गर्दै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-