बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिजिट भिसा : वैदेशिक रोजगारको गम्भीर रोग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस ४, २०७८ ०८;१६ बिहान प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाले छिटो कमाउने प्रलोभनमा परेर भिजिट भिसामा वैदेशिक रोजगारमा नजान रोजगार आकांक्षी युवा युवतीलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले शनिबार आयोजना गरेको ‘भिजिट भिसाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनीहरूले उक्त सुझाव दिएका हुन् ।

वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या नेपालमा विगतदेखि नै रहेको बताए । उनले सम्बन्धित सरकारी निकायले कडाई गर्न नसक्दा भिजिट भिसामा गएर अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै समस्याको समाधानका लागि सरकार, व्यवसायी र स्वयं कामदार पनि सतर्क हुनुपर्नेमा जोड दिए ।

कोरोना संक्रमण केही कम भएपछि नेपालबाट भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको र विदेशमा रहेका नेपाली कुटनैतिक नियोगहरू सक्रिय भएमा समस्या समाधान गर्न सहज हुने उनको भनाइ थियोे ।

लामो समयदेखि विदेशमा अलपत्र कामदारको उद्धारमा लागेका प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले हाल विभिन्न झुठा प्रलोभन दिएर भिजिट भिसामा युवाहरू खाडीका विभिन्न मुलुकमा लैजाने बढेको बताए । भिजिट भिसाको नाममा विदेश जाने र लैजाने हालको प्रवृत्तिलाई नियन्त्रण गर्न नसके त्यसले भविष्यमा विकराल अवस्था सिर्जना हुने उनको भनाइ थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा गैरकानूनीरूपले पठाउने धन्दामा केही म्यानपावर कम्पनीका सञ्चालकको पनि संलग्नता हुन सक्ने सूचना आफुले पाएको भन्दै भिजिट भिसाको धन्दामा गैरआवासीय नेपाली (एनआरएन), उनीहरूका आफन्त र दूतावासमा कार्यरत सरकारी कर्मचारीको समेत मिलेमतो रहेको दाबी गरे । कार्यवाहक अध्यक्ष तामाङले सरकारी कर्मचारीको मिलेमतो र लाचारिपनले भिजिट भिसा मौलाउँदै गएको भन्दै कार्यवाहक अध्यक्ष तामाङले आर्थिकरूपमा असक्षम व्यक्ति भिजिट भिसामा गइरहँदा अध्यागमन विभागले छानविन गर्न नचाहनु गम्भीर विषय भएको टिप्पणी गरे ।

‘सरकार सुध्रिने हो भने आजैबाट सबै समस्या सल्टिन्छ,’ तामाङले भने, ‘सरकारका कर्मचारीले भिजिट भिसालाई आफ्नो आर्थिक स्वार्थ पूरा गर्ने र कमाउने सोच राखिरहने हो भने यो समस्या सधैंका लागि रहिरहन्छ ।’

ट्राभल एजेन्सी र शैक्षिक कन्सल्टेन्सीहरुले भिजिट भिसामा युवा युवतीलाई आकर्षक रोजगारी भन्दै विदेश पठाईरहेको भए पनि त्यसको सबै दोष म्यानपावर व्यवसायीमाथि थुपारिएको भन्दै का. अध्यक्ष तामाङले पछिल्लो समय युरोपियन मुलुकहरुमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको तर सरकारी निकायहरू थाहा नै नपाएको जस्तो बहानाबाजी गरिरहेको दाबी समेत गरे ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले भिजिट भिसामा जाँदा श्रमिकहरू गम्भीर समस्यामा पर्ने गरेको देखिएको बताए । श्रम स्वीकृति लिएर गएका कामदारको मृत्यु भएमा आश्रति परिवारले मृत्यु वा अंगभंग भएमा ७ लाख र बिरामी भए स्वास्थ्य खर्चबापत राहत सुविधा पाउने व्यवस्था छ । तर भिजिट भिसामा जानेहरु ती सबै सुविधाबाट बञ्चित हुने भएकाले भिजिट भिसालाई सबै पक्षले निरूत्साहित गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी हुन जरुरी रहेको बताए । अध्यक्ष ढकालले भिजिट भिसामा गएकाहरूलाई नेपाली दुतावासहरू मार्फत वैधानिकता दिने विषयमा सरकारी र केही गैरसरकारी क्षेत्रबाट धारणा आएको भन्दै त्यो वैदेशिक रोजगार व्यवसाय र जाने कामदार दुवैको लागि भविष्यमा घातक प्रमाणित हुने चेतावनी दिए ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले विभिन्न झुठो प्रलोभन दिएर लैजाने र अलपत्र पार्ने क्रम बढेको भन्दै सचेतनाको आधारमा भिजिट भिसामा जाने क्रमलाई निरूत्साहित गर्नुपर्ने धारणा राखे । उनले भने, ‘भिजिट भिसामा जाने भनेको घुम्न जाने भएकाले कामदारहरूले भिजिट भिसामा जाँदा हुने जोखिम बुझ्न सक्नुपर्ने हो, तर भिजिट भिसामा जानेहरूले सत्य कुरा बुझ्न चाहेको देखिएन ।’

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले काम गरेर परिवार पाल्नुपर्ने बाध्यतामा रहेका कामदारलाई भिजिट भिसामा नजान आग्रह गरे ।

मानव बेचबिखन अनुसन्धान व्यूरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले भिजिट भिसामा वैदेशिक रोजगारमा जाँदा अप्ठ्यारोमा परेका अधिकांश पीडित न्यायका लागि उजुरी गर्न प्रहरीसम्म आउन हिचिकिचाउने गरेकोे भन्दै त्यसले पनि ठगी नियन्त्रणमा समस्या देखिएको बताए ।

संस्थागत प्रक्रिया अर्थात् म्यानपावर कम्पनीबाट गएका युवायुवतीहरु खासै समस्यामा नपरेका तर व्यक्तिमार्फत गएका व्यक्तिहरु बेचबिखनमा पर्ने गरेका उजुरीहरु धेरै आइरहेको भन्दै अनुसन्धान अधिकृत भट्टले भिजिट भिसामा जानेहरुले केही उजुरी दिने तर उजुरीको अनुसन्धान पूरा नहुँदै भिजिट भिसामा नै विदेश पुगिसक्ने गरेकोले पनि समस्या रहेको बताए । समाजका अध्यक्ष उद्धवराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेशमराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!