काठमाडौं– श्रमिकमाथि शोषण गरेको भन्दै मलेसियामा रहेको एक कम्पनीलाई अमेरिकाले कालोसूचीमा राखेको छ । अमेरिकाले ब्राइट वे कम्पनीको सामान आयातमा समेत बन्देज लगाएको हो ।
सो कम्पनीको सामान आयातमा अमेरिकी बन्देज लागेसँगै अमेरिकाले सामान आयातमा बन्देज लगाएको कम्पनीको संख्या ६ पुगेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिबन्ध लागेका कम्पनीमध्ये ५ वटा त ग्लोब्स कम्पनी रहेको बताइएको छ । अहिले बन्देजमा परेको कम्पनीले आप्रवासी श्रमिकलाई बाध्यकारी श्रममा फसाएको अभियोग लागेको जनाइएको छ । यसका बारेमा ब्राइट वे कम्पनीले भने कुनै प्रतिक्रिया नजनाएको समाचारमा जनाइएको छ ।
ब्राइट वे ग्रुपद्वारा सञ्चालित ब्राइट वे सँगै लागोभा र वियोप्रो नामका कम्पनीहरूबाट उत्पादित सामान पनि अमेरिकी बजारमा प्रवेश गर्न रोकिएका छन् । यसअगाडि टप ग्लोब्स, हार्टालेगा, डब्लुआरपी नामका कम्पनीहरूको उत्पादनमा अमेरिकाले सामान आयात रोकेपछि ती कम्पनीहरू आप्रवासी श्रमिकसँग उठाइएको भर्ना शुल्क फिर्ता गर्न बाध्य भएका थिए । यसैगरी श्रमिकहरूले पाउन बाँकी महिनौँको रकम पनि क्रमशः फिर्ता गर्न ती कम्पनीहरू बाध्य भएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-