चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा एक लाख ११ हजार एक सय ६६ ल्यापटप र नोटबुक भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ६ अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ बराबरका ल्यापटप र नोटबुक भित्रिएका हुन्।
नेपालमा चीन, जर्मनी, हङकङ, जापान, मलेसिया, बेलायत, अमेरिका लगायत दर्जनबढी मुलुकबाट डिभाइसहरु आयात हुने गरेको छ। कोभिड महामारीपछि नेपालमा कम्प्युटर, ल्यापटप तथा नोटबुक प्रयोगकर्ता बढ्न थालेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-