काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका छन् ।
शनिबार काठमाडौंमा न्युज अलाइन्स मिडियाको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जीडीपी रेमिट्यान्टबाट चलेको भन्दै वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका हुन् ।
वैदेशिक रोजगारमा जानेहरू अधिकांश दक्ष नभएको भन्दै उनले सीप सिकेर मात्र वैदेशिक रोजगारमा जाने वातावरण सरकारले बनाउने उल्लेख गरे । उनले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सकेसम्म नेपालमा नै रोजगारीको अवसर सिर्जना गरेर वैदेशिक रोजगारमा जानेको संख्या न्यूनीकरण गर्नुपर्ने धारणा उनले व्यक्त गरे । कार्यक्रममा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मन्त्री श्रेष्ठले सम्मान गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-