देशमा बेरोजारी बढेर विदेश पलायन हुनेहरुको संख्या बढिरहेको बेला नेपालमा बीमा कम्पनीहरुले ११ हजार भन्दा धेरै मानिसलाई स्वदेशमै रोजगारी दिएका छन् । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको देशभर रहेका ३ हजार २४९ शाखामा ३९ बीमा कम्पनीहरुले ११ हजार ४ सय ५२ जनालाई रोजगारी दिएको बीमा समितिले सार्वजनकि गरेको तथ्यांकमा उल्लेख छ ।
यो चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांक हो । नेपालमा सञ्चालित २ पुनर्बीमा कम्पनीको तथ्यांक भने यसमा समावेश छैन ।
बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुको २ हजार २३० वटा शाखा कार्यालयहरुमा ६ हजार २ जना र २० निर्जीवन बीमा कम्पनीहरुको १ हजार १९ शाखा कार्यालयमा ५ हजार ४५० जनाले रोजगारी पाएका छन् ।
जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफमा सबैभन्दा धेरै ६६४ जनालाई र निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६१० जनालाई रोजगारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-