कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर सुन लिएर आएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पक्राउ परेका छन् । सिरहा घर भएका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए ।
कतार एअरवेजको क्यूआर–६५० को उडानमार्फत बुधवार साँझ दोहाबाट काठमाडौं आएका मियाको साथबाट भन्सार कार्यालयले सिक्रीको आकारमा ल्याएको ५० ग्राम सुन बरामद गरेको छ । भन्सार कार्यालयले जर्ती काटेको गहना बाहेकका सुनको राजस्व लिँदै आएको छ ।
मियाले सुटकेश भित्र चकलेटको प्याकेटमा चकलेट जस्तै देखिने गरेर लुकाई छिपाई भन्सार छल्ने बदनियतको साथ सुन ल्याएका थिए । अहिले उनलाई महानगरीय प्रहरी वृत गौशालाको हिरासतमा राखिएको छ ।
उनलाई भन्सार ऐन अनुसार कारवाही हुने प्रमुख भन्सार प्रशासक भट्टराईले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-