केदाह इमिग्रेशन विभाग (JIM) को टोलीले ग्वार चेम्पेडकस्थित निर्माण स्थलमा आज छापा मार्दा अबैधानिक विदेशी कामदारको समूह काम गरि रहेको बेला भागा भाग तर, निर्माणस्थलको सम्पूर्ण क्षेत्रलाई इमिग्रेशनका अधिकारीहरूले घेरेपछि उनीहरूको भाग्ने प्रयास असफल भयो।
छापा मार्ने क्रममा उनीहरु सबै निर्माणस्थलमा आफ्नो काममा व्यस्त थिए । बिहान ९ः३० बजेबाट सुरु भएको उक्त अपरेसनमा २२ देखि ५८ वर्ष उमेर समूहका १२ पुरुष विदेशी कामदारलाई निरीक्षणका लागि हिरासतमा राखिएको थियो ।
केदाह इमिग्रेशन विभाग उपनिर्देशक रोजमालिजा मोहम्मद रशिदले भने, कुल सात कामदारहरूमध्ये छ म्यानमारका नागरिक र एक बंगलादेशीलाई वैध कागजात नभएको कारण पक्राउ गरिएको थियो।
“हिरासतमा परेका सबै विदेशी कामदारहरूलाई अलोर सेतार अध्यागमन कार्यालयको प्रवर्तन डिभिजनमा लगियो। ‘त्यसका साथै हामीले निर्माणस्थलका सुपरभाइजरलाई पनि अनुसन्धानमा सहयोग गर्न नोटिस जारी गरेका थियौँ,’ घटनास्थलमा भेट्दा उनले भने । अध्यागमन ऐन १९५९/६३ को दफा ६ (१) (ग) बमोजिम मुद्दाको अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-