काठमाडौं – साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रसको पाफोस सहरमा रहेको e and l ceneral services ltd कम्पनीले विभिन्न पदका लागि ११ जना पुरुष र ९ जना महिला गरी जम्मा २० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्नसहित ४२ हजार माथिदेखि १ लाख २१ हजार बढि पाउनेछ । इच्छुक कामदारले सक्षम ह्युमन रिसोर्सेज प्रालिको कार्यालय एशोर्य मार्ग कोटेश्वर काठमाडौंमा पुष २० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-