बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रम गन्तव्य मुलुकमा संक्रमण बढ्दै, कुन देशको कस्तो व्यस्था ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १७, २०७८ २०;४६ मध्यान्ह प्रकाशित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ – नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र कुवेतमा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको हो । कतारमा कोभिड–१९ का नयाँ संक्रमित दिनहुँ बढ्न थालेपछि कतारको स्वास्थ्य मन्त्रालयले अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको छ ।

पछिल्लो एक सातायता कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को प्रभाव बढ्न थालेपछि मन्त्रालयले सार्वजनिक गरेको नियमअनुसार प्रार्थना घर, मल, विद्यालय, कार्यस्थल, सार्वजनिक सवारीजस्ता सार्वजनिक स्थलमा जाँदा अनिवार्य माक्सको प्रयोग गर्न आग्रह गरेको छ ।

विवाह,सामाजिक भेटघाट, मृत्यु संस्कार, निजीस्थलमा गरिने जमघटमा पनि मास्क प्रयोग गर्न आग्रह गरिएको छ । त्यसैगरी, सेक्युरिटी स्टाफ र वेटरजस्ता आउटडोरमा धेरै सेवाग्राहीसँग सम्पर्कमा आउनुपर्ने व्यक्तिलाई मास्क अनिवार्य गरिएको छ । अन्य व्यक्तिसँग सुरक्षित भौतिक दूरी कायम गर्न नसक्ने अवस्थामा कोभिडविरुद्धको खोप आफूले वा आफ्नो सम्पर्कमा आउने व्यक्तिले नलिएको खण्डमा पनि अनिवार्य रूपमा माक्सको प्रयोग गर्नु पर्नेछ ।

बुधबार मात्र कतारको आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्ने ३३४ जनालाई कारबाही गरेको छ । त्यस्तै मोबाइलमा एह्तेराज एप प्रयोग नगर्ने २ जना पनि कारबाहीमा परेका छन् ।

बुस्टर डोज खोप नलगाएका नेपालीहरूलाई खोप लिन आग्रह गर्दै दोहास्थित नेपाली दूतावासले कोभिड–१९ को संक्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न तथा नियमको उल्लंघनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट जोगिनसमेत अपिल गरेको छ । कतारले आगामी शनिवार, १ जनवरी २०२२ बेलुका ७ बजेदेखि लागू हुनेगरी साउदी अरब, युएइ, फिलिपिन्स, श्रीलंकालगायत थप २४ वटा मुलुकहरूलाइ रातो सूचीमा राख्ने भएको छ । युएईमा पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि युएई सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्न थालेको छ । विभिन्न राज्यहरूमा नयाँ स्वास्थ्य मापदण्ड लागू गरिएको बताइएको छ ।

नयाँ स्वास्थ्य मापदण्ड अनुसार दुबई राज्यमा मास्कको अनिवार्य प्रयोग, नलगाएमा ३ हजार दिराम जरिवाना कायम गरिएको छ । राज्यहरूबाट राजधानी आबुधावी प्रवेशमा नयाँ मापदण्ड लागू गरिएको छ । सार्वजनिक गरिएको नयाँ निर्देशिकाअनुसार कोरोनाविरुद्धको खोप प्राप्त गरेका व्यक्ति युएईभित्रबाट आबुधाबी इमिरेट्समा प्रवेश गर्न चाहेमा ‘अल्होसन एप’मा ‘ग्रीन स्टाटस’ देखिनुपर्ने जनाएको छ ।

खोप नलगाएका व्यक्तिले ९६ घन्टाभित्रसम्म परीक्षण गरिएको पिसिआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्रस्तुत गर्नु पर्नेछ । ३ जनवरीबाट खुल्ने सरकारी र निजी स्कुलको दोस्रो त्रैमासिक कक्षालाई दुई हप्ताका लागि अनिवार्य ‘अनलाइन’ गरिएको जनाएको छ । साउदी अरेबियाले पनि ओमिक्रोन केसहरूमा वृद्धि भएपछि दुई पवित्र मस्जिदहरूसहित सबै खुला र बन्द ठाउँहरूमा मास्क र सामाजिक दूरी पुनः लागू गरेको छ ।

साउदीको आन्तरिक मन्त्रालयका अनुसार संक्रमणको जोखिमलाई मध्य नजर गर्दै बिहीबारदेखि नै मास्क, सामाजिक दूरीलगायत कोभिड प्रोटोकललाइ पुनः कडाइका साथ लागू गर्ने भएको साउदी गजेटले जनाएको छ । सबै स्थानमा, बन्द वा खुला, र सबै गतिविधि र कार्यक्रमहरूमा मास्क लगाउन र सामाजिक दूरीका उपायहरू लागू गर्न अनिवार्य भएको घोषणा गरेको जनाएको छ ।

यता रियादस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै साउदीमा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेर दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको जनाएको छ ।

उक्त संक्रमणको अवस्थालाई मध्यनजर गर्दै साउदी सरकारले बिहीबारदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरूपमा फेस मास्क लगाउनु पर्ने र कम्तिमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरेको हुँदा साउदीमा कार्यरत सबै नेपालीलाई नियमको पूर्ण पालना गर्न अपिल गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!