बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशमा एमबीबीएस पढेकालाई स्वदेशमै इन्टर्नसिप

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १८, २०७८ ०८;३८ बिहान प्रकाशित
विदेशमा एमबीबीएस पढेकालाई स्वदेशमै इन्टर्नसिप
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, पुस १८ गते । चीनलगायतका मुलुकमा एमबीबीएस अध्ययन गर्दागर्दै कोरोना सङ्क्रमण बढेपछि फर्किएका विद्यार्थीले स्वदेशमै थप पढाइ तथा इन्टर्नसिप गर्न पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले यस विषयमा सैद्धान्तिक सहमति दिएको छ । लामो समयदेखि बहसमा रहेको यो समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।

मन्त्रिपरिषद्ले चीनलगायत अन्य मुलुकमा स्नातक तहमा चिकित्सा शिक्षा अध्ययनको क्रममा अप्ठ्यारोमा परेका विद्यार्थीलाई स्वदेशमै पढ्ने व्यवस्था मिलाउन सहमति दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबारको मन्त्रिपरिषद् बैठकमा यसबारे निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयसँगै विद्यार्थीको समस्या समाधान भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

गत वर्ष कोरोना सङ्क्रमण बढेपछि चीनबाट सरकारले नै फिर्ता ल्याएका विद्यार्थी बाँकी अवधि यतै पढ्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । चीन जान नपाएपछि नेपालबाटै अनलाइनबाट पढेर कोर्स सकाएको र एक वर्षको इन्टर्नसिप मात्र बाँकी रहेको विद्यार्थीको माग थियो ।

तर चिकित्सा शिक्षामा अनलाइन माध्यमको पढाइलाई मान्यता दिन व्यावहारिक नहुने भन्दै सरोकारवाला निकायले विद्यार्थीलाई थप अध्ययनपछि मात्रै इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने राय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएका छन् । पछिल्लो दिन आन्दोलन गरिरहेका विद्यार्थी सन् २०१६ मा चीनका विभिन्न विश्वविद्यालयमा सरकारी छात्रवृत्तिमा भर्ना भएका थिए ।

ती विद्यार्थीका समस्या तथा गुनासाका सम्बन्धमा अध्ययन गरेर सुझाव पेस गर्न गठित कार्यदलले भने अझै साढे दुई वर्ष पढेपछि मात्रै लाइसेन्सको परीक्षामा उम्मेदवार हुने सुझाव मन्त्रालयलाई दिएको थियो ।

नेपाल मेडिकल काउन्सिलले पनि चिकित्सा शिक्षा अभ्यास गर्दै पढ्ने विषय भएकोले कक्षाकोठामा अभ्यास नगरी अनलाइनबाट पढेर कोर्स पूरा भयो भन्न नमिल्ने भन्दै विद्यार्थीका मागमा असहमति जनाएको थियो ।

विद्यार्थीले सम्बन्धित विश्वविद्यालयमा पूर्ण अवधि सैद्धान्तिक र प्रयोगात्मक पढाइ पूरा भएको प्रमाण पेस गरेपछि मात्रै काउन्सिलले लाइसेन्सको परीक्षामा बस्न दिन्छ । मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले तत्कालका लागि चीनबाट फर्केका विद्यार्थीसँगै पाकिस्तान, बङ्गलादेशलगायतका मुलुकमा चिकित्सा विषय नै पढिरहेका विद्यार्थीले पनि स्वदेशमै थप अध्ययन तथा इन्टर्नसिप गर्न पाउने बताउनुभयो ।

विगतमा सन् २०१४ र २०१५ को ब्याचमा भर्ना भएका विद्यार्थीलाई सरकारले एक वर्षका लागि नेपालमै इन्टर्नसिप गर्न पाउने विशेष व्यवस्था गरेको थियो । त्यतिखेर उक्त समूहका विद्यार्थीले अन्य पढाइ सम्बन्धित विश्वविद्यालयमा सकेकाले एक वर्ष मात्रै बाँकी रहेको हुँदा इन्टर्नसिपको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!