काठमाडौँ। नेपाली सेनामा २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट पदका लागि आज आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर दरखास्त आह्वान गरेको हो।
नेपाली सेनामा दरखास्त आह्वान भएकोमध्ये खुलातर्फ १२० रहेको छ भने बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलेलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-