आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत हप्ताको शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ७०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-