काठमाडौं – युएईको एक कम्पनीले नेपाली पुरुष महिला कामदारको माग गरेको छ । युएई सहरमा रहेको serv quest restaurants management l.l.c. कम्पनीले ३० जना पुरुष र ३ जना महिला गरि जम्मा ३३ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्नसहित ३२ हजार माथिदेखि ५२ हजार बढि पाउनेछ । इच्छुक कामदारले साउन्डलाईन्स रिक्रुटमेन्ट प्रालिको कार्यालय ताच्चिखेल ललितपुरमा पुष २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-