बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काम गर्ने उमेर विदेशमा खर्चिएर आउनेहरूलाई के काम दिने ? यसबारे सरकारले सोच्नुपर्छ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, प्रबास
पुस १९, २०७८ ०८;४५ बिहान प्रकाशित
‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — सरकारले गत दुई वर्षदेखि विशेष प्याकेजका रूपमा सहुलियत कर्जा ल्याएको छ । यसअन्तर्गत १० वटा शीर्षकमा हामीले कर्जा प्रदान गरेका छौं । यी शीर्षकका कर्जामा राष्ट्र बैंकले ब्याजमा अनुदान दिएको छ । त्यसैलाई कार्यान्वयन गर्न सरकारले दुई वर्षदेखि बजेटमा वाणिज्य बैंकहरुले अनिवार्य रूपमा हरेक शाखाबाट कम्तीमा १० जनालाई सहुलियत कर्जा दिनुपर्ने निर्देशन गर्‍यो ।

७५३ वटा पालिकामध्ये ७५० मा वाणिज्य बैंकहरूका शाखा खुलेका छन् । सरकारी सेवालाई सरल रूपमा वाणिज्य बैंकको शाखामार्फत सबैतिर प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसरी शाखा खोलिएको हो । अर्को भाषामा भन्दा गाउँगाउँमा मानिसको वित्तीय पहुँच पुगोस् भनेर खोलिएको हो ।

गत आर्थिक वर्षसम्म देशभर करिब ७० हजार साना, मझौला र ठूला उद्यमीहरुले वाणिज्य बैंकहरुको शाखाहरुबाट मात्रै सहुलियतपूर्ण कर्जा पाएका छन् । त्यसले एउटा दिशा खोलिसकेको अवस्था छ । राजनीतिक परिवेश परिवर्तन भएपछि अहिले त्यो निरन्तरता दिने वा नदिने भन्नेमा हामी अन्योलमै छौं । पहिलेजस्तो निर्देशनको रूपमा आएको छैन ।

हरेक शाखाबाट १० जनालाई सहुलियत कर्जा दिने व्यवस्था सबै क्षेत्रमा समान पहुँच पुगोस् भनेर ल्याइएको हो । सहुलियत कर्जा पाउनेहरुमा शिक्षित, बेरोजगार पनि छन्, वैदेशिक रोजगारबाट फर्केकाहरु पनि छन्, महिला उद्यमीहरुको लागि पनि छ, दलित उत्थानको लागि पनि छ । सबैलाई समेट्ने यो विषय अब एउटा मिसनको रूपमा नै अगाडि बढाउनुपर्छ । वाणिज्य बैंकहरुले यो मिसनलाई पूर्ण रूपमा सहयोग गर्नुपर्छ, हाम्रो जिम्मेवारी पनि हो । यसले बिस्तारै सबै ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाएको अवस्था पनि छ ।

अर्कोतर्फ सरकारले पुनर्कर्जाको व्यवस्था गरेको छ । नेपालमा स्थापना भएका विभिन्न उद्योग व्यवसायमा काम गर्ने मजदुर तथा कोभिडको समयमा बेरोजगार भएर बसेकालाई सम्बोधन गर्न यसले मद्दत पुर्‍याएको छ । यो सुविधाले कोभिडको मार खेपेका धेरै व्यावसायिक संस्थाहरु बच्न पाए । पर्यटन उद्योगले सबै सुविधा पाए । पुनर्कर्जाको सुविधा पाउनेहरुलाई अति प्रभावित, मध्यम प्रभावित र निम्न प्रभावित भनेर तीन वर्गमा छुट्याएका थियौं । ती तीनमा पर्ने संस्थाहरूले त्यसैअनुरूपको पुनर्कर्जाको सुविधा पाए । पर्यटन व्यवसायीलाई धेरै नै राहत मिल्यो । विद्यालय, अस्पताल, सानाभन्दा साना रेस्टुरेन्ट, क्याफेसम्मले पुनर्कर्जाको सुविधा पाएका छन् । हामीले यसमा पनि लचकतापूर्वक काम गरिरहेका छौं ।

स्थापित उद्योगहरुलाई कोभिडको संकटबाट बचाउनका लागि राष्ट्र बैंकले गरेको ठूलो प्रयास हो यो । किनभने एउटा उद्योग जन्माउन कम्तीमा २५ वर्ष लाग्छ । त्यसैले हामीले स्थापित भइसकेका उद्योगलाई मार्‍याैं, वा बन्द हुने अवस्थामा पुर्‍यायौं भने यसको असर बेरोजगारी, लगानीजस्ता धेरै पक्षमा पर्दथ्यो । अर्को व्यवसायिक युनिट जन्मिनलाई त्यतिकै समय लाग्थ्यो । यो साता नै अर्को पुनर्कर्जाको सुविधा आएको छ । यो साता नै पुनर्कर्जाका लागि हाम्रो बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ एकमुष्ठ रूपमा प्राप्त गरेको छ । यसअघि छुटेकाहरुलाई पनि सपोर्ट गर्नेगरी र सानो युनिटहरुलाई पनि जोड्नेगरी पुनर्कर्जाको व्यवस्था भएको छ ।

यसले हाम्रो अर्थतन्त्रलाई बचाउन, जीवित राख्नलाई ठूलो मद्दत गर्दछ । राष्ट्र बैंकका प्रयासमा वाणिज्य बैंकहरुले भरपूर योगदान गरेको अवस्था छ । अघिल्लो पटकको महामारीमा बैंकहरुले प्रभावित व्यवसायीलाई २ प्रतिशत ब्याज छुट दियौं । त्यो भनेको वाणिज्य बैंकहरुले करिब १२/१५ अर्ब छुट दिए । सरकारले गर्नुपर्ने काम पनि बैंकहरुले गरे । बैंकहरुले नगरेको होइन, प्रभाव देखिन समय लाग्छ । किनभने यो सहयोगले धेरै व्यवसाय बाँच्छन् । बाँचेका व्यावसायिक युनिटले पूर्ण क्षमतामा काम गर्न थालेपछि अर्थतन्त्रले नै रफ्तार लिन सक्छ ।

राज्य रेमिट्यान्समा भर परेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा एक तिहाइ बराबरको योगदान रेमिट्यान्सको छ । ग्लोबल आईएमई ग्रुप र प्रभु ग्रुप रेमिट्यान्सको क्षेत्रमा पायोनियरको रूपमा चिनिन्छन् । उनीहरुले गर्न सकेको के हो भने कतारबाट कसैले २० हजार रुपैयाँ ४ बजेर ४९ मिनेटमा पठाएको छ भने ५ बजे दार्चुलाको ब्यास गाउँपालिकामा उसको आफन्तले पैसा निकाल्न सक्छन् । त्यति छिटो हामीले दायित्व पूरा गरेका छौं । त्यसले सामाजिक, सांस्कृतिक, आर्थिक रूपमा धेरै महत्त्व राख्छ ।

हामीले उद्यमशीलताको कुरा पनि गर्‍यौं, त्यसका लागि धैर्य पनि चाहिन्छ । हामी जहिलेसुकै छोटो बाटो खोजी रहेका हुन्छौं । त्यसले दु:ख दिइरहेको हुन्छ । उद्यमी भनेको वर्षभित्र बनिने कुरा होइन । एक वक्ताले भन्नुभयो कि ‘फेरि विदेश जान चाहन्छु ।’ त्योभन्दा बरु यहाँ सीप सिक्नुभएको छ भने पुँजी परिचालन गर्न विभिन्न बाटा छन् । वाणिज्य बैंक नै आवश्यक छैन, सहकारीदेखि माइक्रोफानान्सबाट सुविधा पाइने व्यवस्था सरकारले गरेको छ ।

व्यवसायका लागि तपाईं एक ठाउँ मात्र पुग्नुभएको छ भने अर्काे पाँचवटामा पनि पुग्नुहोस् । तपाईंको आइडियाबाट कोही न कोही ‘कन्भिन्स’ हुन्छन् । वैदेशिक रोजगारले धेरै सामाजिक मुद्दाहरु लिएर आएका छन् । त्योभन्दा पनि ठूलो समस्या कहाँ झेलेका छौं भने अहिले विदेशमा रहेका करिब ४०/५० लाख युवा एउटा निश्चित उमेरपछि नेपाल फर्किन्छन् । प्रडक्टिभ उमेर जति सबै विदेशमा खर्चिएर अनप्रडक्टिभ उमेर लिएर नेपाल आउँदाको अवस्था के होला ? यसलाई कसरी व्यवस्थित गर्ने भनेर हाम्रा राजनीतिक दल/नेताहरुले विचार गर्नुपर्ने बेला भइसकेको छ ।

विदेशबाट फर्किएर आउँदा केही न केही सीप लिएर आए हुन्छ । सीप लिएर आउँदा पक्कै पनि सम्बोधन हुने अवस्था छ । हालै टेम्पो चलाउँदै आएका तर कोभिडका कारणले काम गर्न नपाएकालाई लक्षित गरेर करिब ५० जना महिला टेम्पो चालकहरुलाई एक/एक लाख रुपैयाँको सहुलियत पुनर्कर्जा प्रदान गरेका थियौं । त्यसैगरी सोलुखुम्बु जिल्लाका प्रभावित २३ जना महिला ट्रेकर्सलाई पनि एक/एक लाख रुपैयाँको सहुलितयपूर्ण कर्जा दिएका थियौं । यो उदाहरण मात्रै हो । यसलाई पछ्याउनुपर्छ । सरकारले पनि हामीलाई एक किसिमको सुरक्षा दिन आवश्यक छ ।

किनभने बैंकहरुले कर्जाका रूपमा रकम परिचालन गरेको भनेको जनताकै निक्षेप हो । हामी सबै जनताप्रति उत्तरदायी छौं । उहाँहरुले मागेको अवस्थामा उहाँहरुको निक्षेप फिर्ता गर्नुपर्छ । त्यसकारणले हामीले सरकारबाट सुरक्षा खोज्छौं । हामी हरेक क्षेत्रमा जान तयार छौं । कान्तिपुर दैनिक बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!