बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमै केही गर्छु भनेर फर्किएँ, फेरि ऋण लागेपछि विदेसिनुको विकल्प भएन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस १९, २०७८ ११;४६ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा रहेका ७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — म वैदेशिक रोजगारीका लागि दुबई गएर फर्किएकी हुँ । ऋण लागेपछि विदेश जानुपर्ने बाध्यता आइलाग्यो । मैले वैधानिक रुपमा कागजात बनाएरै गएकी थिएँ । मलाई यहाँबाट जे काम भनेर लगिएको थियो, त्यहाँ गएपछि त्यसो भएन । हामीलाई स्कुल, अपार्टमेन्ट, सपिङ मलका बिल्डिङहरूमा सफाइको काम गर्ने भनेर लगिएको थियो ।

तर हामीलाई घर–घरमा गएर काम गर्न भनियो । उनीहरुका फ्ल्याट सफा गर्नुपर्दथ्यो । सुरुवाती दिनमा भाषाको निकै समस्या भयो । काममा पनि भनेजति तलब दिएनन् । के–के वहानामा पैसा काटेर आउँथ्यो । उनीहरुले गाली गरेको बुझ्दाबुझ्दै पनि चुप लागेर बस्नुको विकल्प थिएन ।

यहाँ हुँदा जाबो क्लिनिङको काम त हो नि, आइहाल्छ भन्ने लागेको थियो । मैले मात्र होइन धेरै दिदीबहिनीहरूले काम सजिलै हुन्छ भन्ने सोचेर गएका थिए । तर क्लिनिङ पनि सजिलो हुँदैन रैछ । नेपालमा चार हातखुट्टा टेक्दै पोछा लगाएर सफा गरेजस्तो हुँदैन रहेछ । त्यहाँ सफा गर्नका लागि छुट्टाछुट्टै केमिकल, उपकरण हुने रहेछ । कुन केमिकलले के सामान सफा गर्ने भन्ने नै थाहा नहुने, कसरी सुरक्षित भएर, सेफ्टी लगाएर काम गर्ने भन्ने पनि थाहा नहुने । टायल सफा गर्ने केमिकललाई चलाउँदा–चलाउँदै हातमा प्वाल पथ्र्यो । तर ती पीडा त्यहाँ कसले हेर्ने, कसले सुन्ने ?

विदेश आइसकेपछि जति गाह्रो भएपनि काम गर्ने भनेर बसियो । निकै दु:ख गरेर काम गर्दा पनि सुपरभाइजर/घर मालिकले गाली गर्थे । उतैका मान्छेले नेपालमा आएर हामीसँग अन्तरवार्ता पनि गरेका थिए । अन्तरवार्ताका बेला काम गर्ने स्थल एअरपोर्ट, स्कुल हो, सजिलो हुन्छ भनियो । तर त्यहाँ गएपछि थाहा भयो कि अर्कैको घर पो रहेछ । हामीले आवाज पनि उठायौं, सुनिएन । काम गर्ने भए गर्, नत्र निकाल्छौं भन्थे, टर्चर दिन्थे । अर्काको देशमा भएपछि डर त हुने नै भयो । हामी धेरै दिदीबहिनीहरु एकजुट पनि भयौं तर केही पार लागेन ।

नेपाल आएपछि यहीं केही गर्छु भन्ने सोचेकी थिएँ । बैंकले विदेशबाट फर्किएकालाई बिनाधितो पैसा दिन्छ भन्ने सुनेकी थिएँ । तर त्यस्तो भएन । ऋण दिएनन्, कोटा सकियो भने । यस्तो मलाई मात्रै होइन विदेशबाट फर्किएका सबै दिदीबहिनी, दाजुभाइहरूले समस्या भोगेका छन् । नेपाल आएपछि विदेशमा कमाएको पैसा सकियो, फेरि ऋण लाग्यो । त्यही ऋण तिर्न भए पनि फेरि विदेश जानैपर्ने भयो । नेपालमा केही गर्न पाए पो, केही गर्न दिए पो गर्ने ? नपाएपछि फेरि विदेश जानुको विकल्प भएन ।

तोकिएभन्दा ४/५ घण्टासम्म थप काम गर्नुपर्थ्यो । यद्यपी विदेशमा केही जानेर, सीप सिकेर नेपाल फर्किएँ । तर मैले लिएको ट्रेनिङ नेपालमा काम लागेन । मैले यहाँ नै काम गर्छु भन्दा जागिर पाइनँ । मैले यहाँ गुजारा गर्नकै लागि आफैं काम सुरु पनि गरेँ । तर मेरो अहिलेको आर्थिक अवस्थाले अझै पनि विदेश नै जानुपर्छ भन्ने बनाइदिएको छ । कतै नेपाल फर्किएर गल्ती पो गरेँ कि भन्ने पनि लाग्छ ।

(आप्रबासी श्रमिक लामाले ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१’ मा राखेको विचारको सम्पादित अंश)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!