बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निसानामा बेलायतका नेपाली सुनचाँदी व्यवसायी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
पुस १९, २०७८ १२;०० मध्यान्ह प्रकाशित
निसानामा बेलायतका नेपाली सुनचाँदी व्यवसायी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लन्डन — डिसेम्बर दोश्रो साता बेलायत अल्डरसटस्थित नेपालीका दुई गहना पसलमा एकैपटक लुटपाट प्रयास भयो । लुटेराले राति ३ बजेतिर अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलर्सको सटरमा गाडी जोतेर लुटपाट प्रयास गरे ।

गहना पसलमा आधुनिक प्रविधि जडान र सुरक्षा शतर्कताका कारण प्रहरी टोली तत्काल घटनास्थल पुगेपछि चोरले दुवै पसलका कुनै पनि गहना लैजान नसकेको सञ्चालकले बताए ।

लगत्तै अनुसन्धान थालेको ह्याम्पसायर प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको बताएको छ । न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिका लक्ष्मी राईले प्रहरीसमक्ष तत्काल सूचना पुग्ने अलार्म सिस्टम र गहना पसलभित्र चोर छिर्ने बित्तिकै निस्कने धुंवाका कारण आफ्नो सामान सुरक्षित रहेको बताइन् ।

‘बढ्दो आपराधिक घटनाका कारण हामी महत्वपूर्ण सामान पसलमा राख्ने गर्दैनथ्यौं’, उनले भनिन्, ‘सामान त बच्यो तर पसलको भौतिक क्षति धेरै भएकाले मर्मतको झन्झट र ग्राहकलाई असुविधा पर्न गयो ।’

उनले आफ्नो क्षतिग्रस्त पसल मर्मतपछि आगामी जनवरी पहिलो सातादेखि पूर्ण रुपमा सञ्चालनमा आउने बताइन् । मर्मतकै लागि अनुमानित लागत झण्डै ५० हजार पाउण्ड लाग्ने राईको दाबी छ ।

अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राईले बेलायतमा व्यवसाय सुरु गरेको ७ वर्षमा पहिलोपटक यस्तो घटना ब्यहोर्नुपर्‍यो । ‘पसलमा क्षति भएकाले एक साता जति व्यापार भएन तर क्रिसमसका लागि ग्राहकलाई १७ डिसेम्बरदेखि सेवा दियौं’, राईले भने, ‘प्रहरीले घटनाका संदिग्धलाई छिट्टै अदालत लाने तयारी गरेका छौं भनेका छन् । अहिले सबै कुरा बाहिर सार्वजनिक गर्न नमिल्ने रहेछ, सायद विस्तृत छिट्टै आउला ।’

यूकेको हाइ सेक्युरिटी सिस्टम जडान भएकाले पसलबाट चोरले कुनै सामान लैजान नपाएको राईले बताए । तर पसलको क्षति मर्मत गर्न करिब १२ हजार पाउण्ड लाग्ने र यो बिल्डिङ इन्सुरेन्सबाट ‘कभर’ हुने उनी बताउँछन् । ‘सामान सुरक्षित रहेकाले कन्टेन्ट इन्सुरेन्स क्लेम गरेनौं’, उनले भने ।

घटनापछि बेलायतका भेट्रान मन्त्री एवं सो क्षेत्रका सांसद लियो डोकर्टी घटनास्थल पुगेर पसल सञ्चालकहरूसँग भेट गर्दै सान्त्वना दिएका थिए । भेटमा मन्त्रीले स्थानीय व्यवसायप्रति आफ्नो ऐक्यवद्धता जनाउँदै भविष्यमा यस खालका घटना दोहोरिन नदिने आश्वासन दिएको काउन्सिलर जीव बेल्वासेले जनाए ।

बेलायतमा नेपालीका सुनचाँदी व्यवसाय एवं व्यक्तिगत गरगहना प्रायः निसाना बन्ने गरेका छन् । किन यस्तो भइरहेको छ ? सञ्चालक सुमन भन्छन्, ‘चोरी त सबै तिर भएकै सुनिन्छ । सायद हाम्रा पसलमा धेरै सामान लुट्न सकिन्छ भनेर चोरले दुष्प्रयास गरे ।’

यहाँ नेपाली सुनचाँदी व्यवसायीहरू संगठित भने नभएका होइनन् । व्यवसायिक मर्यादासहित आपतविपद्का बेला ग्राहक एवं व्यवसायीलाई उचित सहयोग, सल्लाह सुझाव आदानप्रदान गर्ने उद्देश्यले सन् २०१८ जनवरीमा नेपाली सुनचाँदी व्यवसायी संघ बेलायत (नेपलिज ज्वेलरी एसोसिएसन यूके) गठन भएको थियो ।

संस्थाको मुख्य उद्देश्य ग्राहकहरूलाई उच्च गुणस्तर ९९.९ प्रतिशत सुनचाँदीका गहना साथै काँचो सुन र चाँदी उपलब्ध गराउनु रहेको अध्यक्ष मेजर योगेश राईले जानकारी दिए । अध्यक्ष राईले सम्पूर्ण ग्राहकलाई होम कन्टेन्ट इन्सुरेन्स गर्न सुझाएका छन् जसले गर्दा कुनै आगलागी वा चोरी भएमा इन्सुरेन्स दाबी गर्न सकिनेछ ।

अध्यक्ष राईले एनजेए यूके सदस्यहरू र रिटेलर्सभन्दा बाहिर अरु पसल वा व्यक्तिगत घरहरूबाट बेचिएको वा किनिएको समानमा मिश्रित र कमसल गुणस्तर हुने सम्भावना प्रचुर रहने भन्दै बेलायतमा दर्ता भएको एनजिए यूके सदस्यहरूबाट मात्रै किन्न पनि अनुरोध गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!