बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट गन्तव्य क्यानडा, खर्च कति लाग्छ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस २१, २०७८ १५;३६ मध्यान्ह प्रकाशित
उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट गन्तव्य क्यानडा, खर्च कति लाग्छ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

धेरै विद्यार्थीलाई चासो हुन्छ गुणस्तरीय शिक्षा कसरी र कहाँ हासिल गर्ने? कहाँ अध्ययन गर्दा राम्रो अवसर पाउन सकिन्छ? अनि विभिन्न व्यक्तिहरूले दिने थरीथरीका सल्लाहले विद्यार्थी र अभिभावकसमेतमा अन्यौल थपिन्छ।

पछिल्लो समय उच्च शिक्षाका लागि विदेश पढ्न जाने लहरै चलेको छ। विदेशमा शिक्षा आर्जन गरेका विद्यार्थीले स्वदेश र विदेश दुवैतिर रोजगारीका राम्रा अवसर पाउँछन्। यस्तैयस्तै कारणले अभिभावक र विद्यार्थी निष्कर्षमा पुग्छन्, उच्च शिक्षा आर्जनका लागि विदेश जाने।

फेरि अर्को तनाब थपिन्छ- कुन देश जाने? कसरी जाने? खर्च कति लाग्छ?
कुन देश जाने भनेर छान्दा विद्यार्थीहरूले मुख्य दुई कुरा हेर्छन्, गुणस्तरीय शिक्षा र रोजगारीको अवसर। यति मात्रै होइन उचित शैक्षिक शूल्क र छात्रवृत्ति पनि रोजाइको विषय बन्छ।

यी सबै कुरा बुझ्दै जाँदा क्यानडा उत्कृष्ट गन्तव्य हुन सक्छ। क्यानडा पछिल्लो समय धेरै विद्यार्थीको आकर्षणको केन्द्रसमेत बनेको छ।

कोभिड १९ को महामारीले पूरा विश्व नै आक्रान्त बनेका बेला प्रायः सबै देशले सीमा बन्द गरेका छन्। तर क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ढोका खोलेका कारण पनि क्यानडातर्फ नेपाली विद्यार्थीको आकर्षण बढेको छ। धेरैको रोजाइमा परेको क्यानडा जान के कस्ता प्रक्रिया छन्? विद्यार्थीका मनमा आउने यस्तै विभिन्न जिज्ञासाहरूका सम्बोधन यहाँ गरिएको छ।

क्यानडा किन?
आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकाले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुन सक्छ। क्यानडामा उत्कृष्ट विश्वविद्यालयहरू छन्। पढाइसँगै छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो विकल्प हुन सक्छ। पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य बढेको छ।

नेपाली विद्यार्थीले क्यानडा रोज्नुपर्ने कारण यति मात्रै होइन। क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि सेवा सुविधा पनि राम्रो छ। अध्ययन शूल्क र ट्युसन फी पनि सस्तो छ।

यसका साथै क्यानडामा अध्ययन गर्ने अन्तराष्ट्रिय विद्यार्थीले विभिन्न छात्रवृत्ति पनि पाउने गर्छन्। क्यानडामा समान्यतया मेरियटबेस छात्रवृत्ति पाउन सकिन्छ। छात्रवृत्ति पाउने सम्भावना यहाँ प्राप्त गरेको जिपिए र क्यानडा गएर प्राप्त गरेको जिपिएमा निर्भर हुन्छ। गुणस्तरीय शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको विशेषता हो। क्यानडाका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीलाई क्षमता अनुसारको १० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति सुविधा दिने गरेका छन्।

बजारमा क्यानडाको मौसम बस्नका लागि उत्तम छैन भन्ने खालका हल्ला सुनिन्छ। तर लामो समयदेखि यही क्षेत्रमा काम गरेका कन्सल्टेन्सी डिएएचका प्रबन्धक अभिनय अधिकारी यस्ता निराधार हल्लाको विश्वास नगर्न सुझाव दिन्छन्।

उनका अनुसार क्यानडा अध्ययनका साथसाथै त्यहाँका थुप्रै ठाउँ बस्नका लागि मौसमका हिसाबले पनि उत्कृष्ट गन्तव्य हुन्।

सजिलै भिसा पाइन्छ त?
क्यानडाको भिसा पाउन गाह्रो हुन्छ कि भन्ने अन्यौलता समेत अभिभावक र विद्यार्थीमा हुने गरेको छ। तर अवस्था त्यस्तो छैन। सबै कागजात राम्रोसँग मिलाएको र प्रक्रिया पूरा गरेको खण्डमा क्यानडाको भिसा पाउन गाह्रो छैन।

क्यानडा जान भाषा परीक्षामा राम्रो नम्बर ल्याउन आवश्यक हुन्छ। अध्ययनका क्रममा ग्याप हुनु हुँदैन। एक वर्षको ट्युसन फी पहिल्यै नै तिर्ने र आवश्यक कागजात राम्रोसँग तयार गर्न सके क्यानडाका लागि भिसा सजिलै लाग्छ।

क्यानडियन स्टडी सेन्टर इंक, क्यानडाका प्रबन्धक हरि अधिकारी भन्छन्, ‘सबैभन्दा सुरूमा क्यानडामा विद्यार्थी भिसा आवेदन गर्न चाहेको कलेज वा युनिभर्सिटीबाट स्वीकृति पत्र प्राप्त गर्नुपर्छ।’

ब्याचलरपछि धेरैजसो विद्यार्थी पोष्ट ग्र्याजुएसन कोर्सहरूमा जाने गरेको र एक वर्षको शुल्क तिरेर जाँदा भिसालाई पनि सजिलो हुनेउनले बताए।

बजारमा डिप्लोमा पढ्न जाँदा भिसा नदिने हो कि भन्ने अन्यौल पनि हुन्छ। मास्टर्स डिग्री हासिल गर्न जाँदा खर्च धेरै लाग्छ भन्ने पनि जिज्ञासा सुनिन्छ। तर, यी सबै निराधार हल्लाहरू हुन्।

प्ल्स-टुपछि आर्थिकरूपमा मध्यम भएकाले डिप्लोमा पढ्न गएको देखिन्छ। आर्थिक अवस्था राम्रो भएकाहरू ब्याचलर पढ्न गएको देखिन्छ। ब्याचलरपछि एमबिएबाहेक अरू मास्टर्स प्रोग्राममा भने क्यानडामा भर्ना पाउन गाह्रो छ। तर, असम्भव भने होइन।

क्यानडा जान लाग्ने खर्च विद्यार्थीले रोज्ने कोर्स र युनिभर्सिटी वा कलेज अनुसार फरक पर्ने गर्छ। सामान्यतः क्यानडा अध्ययनका लागि जान १८ देखि २२ लाख खर्च लाग्छ।

आइइएलटिएस (IELTS) वा पिटिइ (PTE) कुन गर्ने?
विद्यार्थीमा अर्को एउटा भाषा परीक्षा सम्बन्धी अन्यौल पनि हुन्छ। आइएलटिएस गर्ने कि पिटिइ? कतिपयले चाहिँ पिटिइ गर्दा भिजा लाग्दैन भनेको पनि सुनिन्छ। तर वास्तविकता त्यस्तो होइन। आवश्यक कागजात पूरा गरे पिटिइ गरेकाले पनि भिसा पाउँछन्। पिटिइ दिएका विद्यार्थीले पनि भिसा पाइरहेको क्यानडियन स्टडी सेन्टरका प्रबन्धक अनुप अधिकारीले बताए।

उनका अनुसार आइइएलटिएसमा ओभरअल कम्तीमा ६.५ ल्याएको हुनुपर्छ भने पिटिइमा ५८ अंकभन्दा माथि ल्याएको हुनुपर्छ।

एसओपी (SOP) कसरी लेख्ने ?
सामान्यतः एसओपामा आफ्ना योजना के छन्, के गरिरहेको छु, क्यानडा किन जाने, क्यानडाबाट फर्केपछि के गर्ने भन्नजस्ता कुराहरू उल्लेख गर्नुपर्छ। नेपाली विद्यार्थीहरूले एसओपी धेरै राम्रो लेख्छन् भन्ने हुँदैन। एसओपी धेरै राम्रोभन्दा पनि सरल र वास्तविक हुनुपर्छ। सरल र सामान्य भाषामा लेखिएको एसओपीलाई राम्रो मान्न सकिन्छ।

कामको अवसर के छ?
क्यानडा जाने नेपाली विद्यार्थीहरूले रोजगारीको पनि राम्रो अवसर पाउँछन्। विद्यार्थीले अध्ययनका क्रममा सातामा २० घण्टा वर्क-पर्मिट पाउँछन्। बिदाका बेला सातामा ४० घण्टासम्म काम गर्ने अवसर पाउँछन् भने दुई वर्षको कोर्स सकेपछि पोष्ट ग्र्याजुयसन वर्क पर्मिट प्रोग्रामअन्तर्गत ३ वर्षका लागि काम गर्ने अनुमति पाउँछन्।

पिआर पाउने सम्भावना कति हुन्छ?
सेटलमेन्टका लागि क्यानडा राम्रो देश भएको सिआइसी एजुएकसेन हबका प्रबन्धक दिपेश केसी बताउँछन्। विदेशमा नै स्थायीरूपमा बसोबास गर्न चाहनेका लागि क्यानडा राम्रो गन्तव्य भएको उनको भनाइ छ। त्यहाँ गएको तीन देखि पाँच वर्षभित्र पिआर प्राप्त गर्न सकिने उनी बताउँछन्।

सर्वसुलभ खर्चमा उत्कृष्ट शिक्षा, उपयुक्त छात्रवृत्ति र सस्तो ट्युसन फी पनि क्यानडा रोज्नुपर्ने कारण भएको देखिन्छ। यति मात्रै होइन बस्न अनुकुल मौसम र पढाइसँगै पाइने कामको अवसरले पनि क्यानडा नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ।

पछिल्लो समय धेरैको रोजाइमा परेको देश क्यानडा पठाउने थुप्रै कन्सल्टेन्सी पनि बजारमा देखिएका छन्। तर सबैले सही परामर्श दिन्छन् भन्ने हुँदैन। त्यसैले कोही पनि विद्यार्थी झुक्किएर वा ठगिएर क्यानडा नपुग्न एकपटक सबै प्रक्रिया बुझ्न र भरपर्दो र अनुभव भएका कन्सलटेन्ट्हरूको परामर्श लिन जरूरी हुन्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!