आज सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिनको तुलनमा आज सुन पाँच सय रुपैयाँले घटेको हो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँ पुगेको छ। बुधबार भने चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-