काठमाडौँ | ओमानको एक शहरमा नेपाली कामदारको माग आएको छ । ओमानको अल मिलादी ग्लोबल म्यानपावर सेवा कम्पनीले ७० जना नेपाली पुरुष र २३० जना महिला गरी जम्मा ३०० जना कामदारको माग गरेको हो।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने कम्पनिले जनाएको छ यो कम्पनीको । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।
नेपाल सरकार बाट पुनःस्वीकृती लट नम्बर २५५११९ अनुसार मासिक तलब १ लाख ९१ हजार देखि ३ लाख ६२ हजार सम्म हुनेछ। इच्छुक कामदारले मदरल्याण्ड ओभरसीज प्रा.लि. कार्यालय धुम्बाराही काठमाडौंमा माघ ५ गते अन्तरवार्ता दिनु पर्ने छ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ। यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ। थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु वा www.baideshikjobs.com मा जानु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-