बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रम गन्तव्य देशमा कोरोनाको नयाँ सङ्क्रमित बढे, स्वास्थ्य सुरक्षामा कडाइ, कुन देश मा कस्तो अबस्था ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस २२, २०७८ १६;०७ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा रहेका ७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – पछिल्लो समय नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीको देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेकाे छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकथामका लागि ती देशहरूले स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ भने अन्य देशबाट यात्रा गर्ने यात्रुलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडा पारेको छ ।

साउदी
साउदी नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य हो । साउदीमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । केही हप्ता अघिसम्म दैनिक कोरोना सङ्क्रमण दर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी सङ्क्रमण दर ह्वात्तै बढेकाले त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।

साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ । साउदीमा रहेका नेपालीलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

कतार
कोरोना सङ्क्रमण बढेसँगै कतारले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ । कतारमा बन्द कोठा तथा हलभित्रका कार्यक्रम तथा खुला सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर खुला क्षेत्रमा खेल खेलिरहेका र ६ वर्षमुनिका बालबालिकालाई भने मास्क अनिवार्य छैन ।

यस्तै नयाँ मापदण्डअनुसार खुला क्षेत्रमा सभा तथा कार्यक्रम गर्दा त्यस ठाउँको क्षमताको ७५ प्रतिशत भन्दा नबढ्ने गरी र बन्द क्षेत्र जस्तै हलभित्र ५० प्रतिशत भन्दा नबढ्ने गरी कार्यक्रम आयोजना गर्नुपर्ने हुन्छ । यस्तै कार्यक्रममा सहभागीमध्ये कम्तीमा पनि ९० प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएको हुनुपर्ने छ ।

कतारमा अहिले दैनिक औसत चार सय भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित देखिने गरेका छन् । कतारमा रहेको नेपाली दूतावासले कतारको सरकारी निकायबाट जारी हुने सबै स्वास्थ्यका मापदण्ड तथा रोकथामका उपायहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

रोजगारी तथा आफ्नो पेसासँग सम्बन्धित नियमित कामकाज वा अत्यावश्यक काम परेको अवस्था बाहेक सामाजिक भेटघाट तथा जमघट नगर्न पनि दूतावासले भनेको छ ।

यस्तै कतारले आवास र श्रमिक भिसाको नियम उल्लङ्घन गरेका आप्रवासी श्रमिकलाई आफ्नो कानुनी अवस्था सुधार्ने अवसर दिएको छ । कतारमा आवास र श्रमिक भिसाको नियम अर्थात् कानुन नम्बर २१ उल्लङ्घन गरेका सबै आप्रवासीले यसबाट फाइदा लिन सक्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कानुन नम्बर २१ कतार सरकारले आप्रवासीको प्रवेश, निकास र आवास नियमन गर्न सन् २०१५ मा जारी गरेको हो । आप्रवासी श्रमिकले ३१ मार्च २०२२ सम्ममा आफ्नो कानुनी अवस्था सुधार गर्न सक्नेछन् ।

कुवेत
पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कुवेत सरकारले थप कडाइ गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सोमबार बसेको कुवेतको मन्त्रीपरिषद्को बैठकले ९ जनवरीदेखि २८ फेब्रुअरीसम्म सबै भित्री सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यस्तै कुवेत प्रवेश गर्ने सबै यात्रुको यात्रा गर्नु पूर्व ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने छ । यसका साथै कुवेत सरकारले कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप छिट्टै लगाउन समेत अनुरोध गरेको छ ।

पछिल्लो समय कुवेतमा झण्डै एक हजार जनामा नयाँ सङ्क्रमण भएको छ । सोमबार मात्रै ९८२ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कुवेतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७७३ पुगेका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्न, भिडभाडमा नजाने र भिडभाड नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा रुघाखोकी, ज्वरोजस्ता कोरोनाका लक्षणहरू देखा परेमा नजिकैको स्वास्थ्य केन्द्र र अस्पतालमा तुरुन्तै सम्पर्क गर्न कुवेतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यूएई
यूएईमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण दर बढिरहेको छ । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या बढेपछि यूएई सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्न थालेको छ ।

दुबईमा सार्वजनिक स्थानमा मास्क नलगाएको पाइए तीन हजार दिर्हाम झण्डै १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने अन्य राज्यबाट अबुधाबी प्रवेशमा पनि कडाइ गरिएको छ ।

अबुधाबी जान अब रेसिडेन्टले ‘अल होसन’ एप्समा हरियो आएको हुनु पर्ने र अन्यको हकमा ९६ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!