बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा फेरि प्रतिबन्ध

नेपालमा हुने कोरोना परीक्षणमाथि नै गम्भीर प्रश्न !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
पुस २२, २०७८ २०;४४ मध्यान्ह प्रकाशित
Nepal airlines flight
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले फेरि प्रतिबन्ध लगाएको छ । जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज (उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो ।

निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने स्थिति निम्तिएको रातोपाटीलाई जानकारी दिए । अर्यालले भने, ‘हामीले हङकङ उडानमा तारन्तार समस्या भोगिरहेका छौं । निर्धारित उडानसमेत गर्दा यो पटक प्रतिबन्धको असर २१ दिनसम्म पर्ने भएको छ ।’

हङकङले कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई कोरोना संक्रमण देखिए प्रतिबन्ध लगाउँदैन । तर, जनवरी ४ तारिखमा निगमको जहाजबाट गएका पाँचमा एकैपटक संक्रमण देखिएपछि पुनः दुई साता लामो प्रतिबन्ध लागेको हो । जनवरी १९ सम्म निगमको जहाजले हङकङ उडान गर्न पाउने छैन भने निर्धारित उडानका कारण त्यसपछि पनि एक सातासम्म उडान नहुने निगम सहप्रवक्ता अर्यालले बताए ।

यसअघि पनि हङकङले निगमको जहाज उडानमा पटकपटक प्रतिबन्ध लगाएको थियो । नेपालबाट संक्रमणमुक्त रहेको प्रमाणपत्र लिएर गएका यात्रुहरूको स्वाब परीक्षण गर्दा हङकङमा संक्रमित पुष्टि हुने घटना दोहोरिँदै आएको छ ।

संक्रमित यात्रु दुई जनाभन्दा बढी भेटिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाउने गरेको छ । फुकुवा भएर निगमको जहाजले उडान भर्दा फेरि संक्रमित भेटिने, अनि फेरि उडान प्रतिबन्ध भोग्ने क्रम जारी छ ।

संक्रमणमुक्त रहेको प्रमाणसहित नेपालबाट विमान चढेर गएका यात्रुको स्वाब विदेशमा परीक्षण गर्दा फेरि संक्रमित भेटिनु चिन्ताको विषय भएको निगमका अधिकारीहरू बताउँछन् । मान्यता प्राप्त स्वास्थ्य संस्था र ल्याबमै परीक्षण गराउँदा पनि यस्तो घटना दोहोरिनुले नेपालको कोरोना परीक्षण प्रणालीमाथि नै प्रश्न उठेको हवाई उड्ययन नियामक नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले बताए ।

कोरोना महामारीदेखि नै जनचेतनाका जगाउन लागिरहेका डा. समीरमणि दीक्षितले नेपालमा संक्रमणमुक्त देखिएको मानिस विदेशमा पुग्दा संक्रमित देखिनुमा विभिन्न कमजोरी र कारण रहेको बताउँछन् । गुणस्तरीय उपकरण, दक्ष जनशक्ति र आधारभूत प्रबन्ध नै नमिलाएका ल्याबलाई पनि परीक्षणबिनै सञ्चालन अनुमति दिनु मुख्य कारण रहेको उनको भनाइ छ ।

‘धेरै ल्याबहरू परीक्षणबिनै खुलेका छन्, कोरोना परीक्षण गर्ने भनी खुलेका यस्ता ल्याबकै परीक्षण गर्नु आवश्यक छ,’ रातोपाटीसँग कुरा गर्दै डा. दीक्षितले भने, ‘संक्रमितले पनि पैसा तिरेर संक्रमणमुक्त रहेको प्रमाणपत्र लिएको पाइएको छ, दक्ष जनशक्ति नभएका ल्याबहरुलाई पनि सरकारले स्वीकृति दिएको छ । त्यस्ता ल्याबले पैसाको भरमा गलत ढंगले सर्टिफिकेट बेच्ने गरेको सुनिन्छ, तत्काल नियमन गरी त्यस्ता ल्याब बन्द गराउनुपर्छ । कहिलेकाहिँ मानवीय त्रुटि पनि हुनसक्छ, यस्तो त्रुटि पनि सकेसम्म हटाउनेतर्फ लाग्नुपर्छ । नत्र नेपालले गर्ने कोरोना परीक्षण विश्वभर नै गम्भीर लापरबाही र ठट्टाको विषय बन्नसक्छ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!