काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले विद्युतमा आधारित मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको बताएका छन्।
उनले विद्युतमा आधारित फ्याक्ट्री निर्माणका लागि जर्मनीसँग छलफल भइरहेको बताएका हुन्। राजधानीमा आयोजित एक अन्तरक्रियामा मन्त्री यादवले यस कार्यका लागि जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक रहेको जानकारी दिए।
उनले एक लाख मेट्रिक टन युरिया, दुई लाख मेट्रिक टन डिएपी र आठ लाख मेट्रिक टन पोटासियम मलको आवश्यकता हुने बताए। मुलुकमा हुने मल अभावको समस्या समाधान गर्न विद्युतमा आधारित मल कारखाना आवश्यक रहेको उनले प्रस्ट पारे।
‘मुलुकमा मल कारखाना स्थापनाका लागि अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको छ’, उनले भने, ‘करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ।’
देशको समृद्धिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण अनि औद्योगीकरण, मूल्य निर्धारण, भण्डारण र बजारीकरणको उचित प्रबन्ध गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए। उनले कृषि क्षेत्रको विकासका लागि सरकारले बनाएको २० वर्षे योजनाअन्तर्गत कार्य गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने बताए।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-