काठमाडौं – यूएईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । यूएईको 1885 delivery services l.l.c. कम्पनीले ९९ जना पुरुष बाइक राइडरको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्नसहित ८० हजार माथि पाउनेछ । इच्छुक कामदारले टाइम्स मेनेजमेन्ट सिस्टम प्रालिको कार्यालय गोगंबु काठमाडौंमा माघ २५ र २६ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ । थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु वा www.baidesikjobs.com मा जानु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-