बैदेशिक पोष्ट
२०८२ माघ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के तपाई रिस पोख्‍न चाहनु हुन्छ ? रिस पोख्ने ठाउँ ‘तोडफोड’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस २५, २०७८ ११;३६ बिहान प्रकाशित
के तपाई रिस पोख्‍न चाहनु हुन्छ ? रिस पोख्ने ठाउँ  ‘तोडफोड’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — ‘भँडास, माया, जात, धोका, पागल, रिलिज द एङ्गर, म्याडनेस, डर लाग्यो, तनाव, बुम!’ यस्तै-यस्तै अक्षरहरुले भरिएको सानो कोठा । दुईवटा टायर र एउटा ड्रम, छेउमा फलामका रड । कोठाको ठीकबाहिर पीपीई सुट ।

दुई युवाहरु पीपीई सुट, ग्लोब्स, चस्मा, मास्क, ह्याटमा कोठाभित्र छिर्नेबित्तिकै चर्को आवाजमा गीत बज्यो । उनीहरु उफ्रँदै, खुसी हुँदै बियरका बोतल फुटाउँदैछन् । छेउमा भएका टायरलाई सक्दो बल लगाएर चुट्दैछन् । करिब ८-१० वटा बोतल फोडेर उनीहरु बाहिर निस्के । यो बन्द कोठाको नाम हो, तोडफोड- रेजरुम ।

बन्द कोठाभित्र विभिन्न वस्तुहरु फुटाएर आफूभित्रको आक्रोश हटाउन प्रयोग गरिने ‘रेजरुम’को कन्सेप्टमा तोडफोड पुस २३ बाट काठमाडौंको त्रिपुरेश्वरमा खुलेको छ ।

‘जसलाई फ्रस्टेसन हुन्छ । रमाइलोका लागि यहाँ आउँदा हुन्छ । यस्तो ठाउँहरु फ्रस्टेसन कम गर्नभन्दा पनि रमाइलोका लागि खोल्नुपर्छ भन्ने लाग्छ,’ कोठाभित्रबाट बाहिर निस्कँदै गर्दा २१ वर्षीय दिवस अधिकारीले सुनाए । दिवसको कुरा सकिनेबित्तिकै स्वयम ढकालले थपे,’कलेजको व्यवस्थापन, देश, सरकार, बेरोजगार हुनुको फ्रस्टेसन थियो । हामीले त्यो रिस सिसामा पोख्यौं।’

उनी दुवैले टिकटक भिडियोबाट तोडफोडबारे थाहा पाएका रहेछन् । सिसा फुटाउँदै भिन्नै अनुभव भएको स्वयमले सुनाए । ‘पहिलो पटक सिसा त्यसरी फुटाउँदा आएको आवाजले त त अर्कै अनुभव भयो । मज्जा आयो । त्यसरी पहिला कहिल्यै सिसा फुटाएका थिएनौं,’उनले भने ।

तोडफोडमा आएका दुई सहभागीको प्रतिक्रिया सुनेर उत्साहित छन् सञ्चालक विभूषण शर्मा । तनाव हटाउनभन्दा पनि मनोरञ्जनका लागि ‘तोडफोड’ खोलेको बताउँछन् । ‘रेज रुमको विषयमा मैले एउटा लेखबाट थाहा पाएँ । सुरुमा यसको कन्सेप्ट सुन्नेबित्तिकै प्रश्नहरु मनमा आयो । मैले यसको बारेमा धेरै खोजेँ । काठमाडौं उपत्यकामा यति तनावमा छन् । तनाव त भइहाल्यो, काठमाडौंमा मनोरञ्जनका लागि सीमित स्थान मात्रै छन् । त्यसैले मनोरञ्जनका लागि केही नयाँ गरौं भन्ने सोचेरै रेज रुमको कन्सेप्टमा काम गर्यौं ,’ उनले सुनाए ।

रिस उठ्दा विभूषणलाई पनि सामानहरु फुटाउन मन लाग्थ्यो । एकपटक रिसमा मोबाइल फुटाइदिए । कम्युटर ह्याङ्ग हुँदा कम्प्युटर नै फुटाइदिए । आफ्नो सामान फुटाउँदा त आफैलाई घाटा । बरु फुटाउनै मिल्ने स्थानमा गएर फुटाउनुको मज्जा कस्तो होला भन्ने कौतुहलताले पनि विभूषणलाई रेज रुमको स्टार्टअप व्यवसाय खोल्न प्रेरित गर्‍यो ।

‘तोडफोडको प्याकेज किनेर भएको जति रिस त्यसमा पोख्दा भइहाल्यो । तपाईंलाई त्यसले राहत मिल्नेछ,’उनले भने । सहभागी हुन चाहनेहरु सजिलै तोडफोडको कोठाभित्र छिर्न पाउँदैनन् । उनीहरुलाई सुरुमा स्वीकृति पत्रमा हस्ताक्षर गर्न लगाइन्छ । सहभागी हुन चाहनेले टिभी, फ्रिजदेखि अन्य भान्साका सामग्रीलाई फोड्न चाहेमा तोडफोडले त्यसको पनि व्यवस्थापन गरिदिन्छ।

झट्ट हेर्दा तोडफोड जोखिमपूर्ण देखिन्छ । यस्तो जोखिमपूर्ण कुरामा मनोरञ्जन लिन मानिसहरु आउलान् त ?

प्रश्नको जवाफ दिँदै शर्माले भने,’हामीले जसरी यसको प्रचार गरेका छौं, त्यो हेर्दा त मानिसहरु आउँछन् भन्ने नै लाग्छ । अर्को कुरा हामी पीपीई, ह्याट, चस्मा, वेल्डिङ ग्लोब्स, जुत्ता लगाएको व्यक्तिलाई मात्र भित्र छिराउँछौं । तोडफोडमा सहभागी हुनेको सुरक्षामा त्यत्तिकै ध्यान दिने प्रयास गरेका छौं । उहाँहरुलाई चोटपटक नलागोस् भन्ने नै हाम्रो मुख्य उद्देश्य हो ।’

तोडफोडमा ३ सय ५० देखि १५ सय रुपैयाँसम्मको प्याकेज छन् । सोच कम्पनीमार्फत तोडफोड खुल्यो । अहिले तोडफोडको कन्सेप्ट बुझाउन आफूहरुलाई चुनौती भएको अनुभव सुनाउँछन् विभूषण । भन्छन्,’सुरुमा त आफ्नो परिवारलाई नै कसरी बुझाउने भन्ने थियो । मैले आमाबुवालाई कन्सेप्ट सुनाएँ । तर उहाँहरुको प्रतिक्रिया एकदम सकारात्मक थियो । बुवाले त सामग्री फुटाइसकेका व्यक्तिलाई मन्द संगीतमा आराम गर्ने अर्को कोठा पनि हुनुपर्छ भन्दै सल्लाह दिनुभयो । मैले त उहाँले साथ दिनुहुन्न भन्ने लागेको थियो । तर रेज रुम बुझ्न धेरै गाह्रो हुँदैन रहेछ ।’

‘रेज रुम’को कन्सेप्ट पहिलो पटक सन् २००८ मा जापानमा खोलेको थियो । त्यसपछि उक्त कन्सेप्ट विभिन्न देशहरुले पछ्यायो । अमेरिकामै पनि सयभन्दा बढी ‘रेज रुम’ खुलेका छन् । रेजरुमलाई लिएर चिकित्सकदेखि विभिन्न व्यक्तिहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले यसले मानिसको रिस हटाउन मद्द नगरी, रिस बढाउनेको काम गरेको अध्ययन पेस गरेका छन् भने कतिले यसको आवश्यकताबारे प्रतिक्रिया दिएका छन् । भारतको ‘भँडास क्याफे’ रेज रुमकै कन्सेप्टमा तयार पारिएको हो ।

विभूषण रेज रुमको कन्सेप्टलाई तोडफोडमार्फत पहिलो पटक नेपालमा आफैले सुरु गरेको दाबी गर्छन्। यसअघि उनले नै टर्किस आइसक्रिमको कन्सेप्टलाई नेपालमा भित्र्याएका थिए ।

३ लाख बढीको लगानीमा सुरु गरेको तोडफोडमा उनले५ जना कर्मचारी राखेका छन् । तोडफोडका प्रचारका लागि उनीहरुले टिकटकलाई प्रयोग गरेका छन् । ‘कतिले टिकटकमार्फत सजिलै बुझ्नु भएको छ । यस्तो पनि गर्ने र भन्नेहरु पनि छन् । तर त्यही त हाम्रो व्यवसायको चुनौती हो । मनोरञ्जनका लागि क्लब, रेस्टुरेन्टमा मानिसहरु गइरहेकै हो । तर यो त सबैका लागि नयाँ हो,’उनी सुनाउँछन्,’मैले पनि रेज रुमभित्र बोतल फोडेँ । पहिला फोड्दा त डर नै लाग्यो । जब त्यो रडले त्यसलाई पड्काइन्छ । अर्कै किसिमको अनुभव हुँदो रहेछ । अर्कै किसिमको रमाइलो हुन्छ ।’

एक वर्षको तयारीपछि विभूषणले तोडफोड खोले । उनले फुटेका सिसाको टुक्रा रिसाइकल गर्ने मेसिनलाई भारतबाट मगाएका छन् । ‘२ लाख बढी पर्ने त्यो मेसिनलाई मगाएका छौं । त्यो मेसिनले बोतललाई बालुवा बनाउँछ । त्यसलाई अर्कै तरिकाले प्रयोग गर्ने हाम्रो सोच छ,’उनले भने,’पहिला म तोडफोड गर्थें अहिले अरुलाई गराउँछु । यो वर्षभित्र ३ ठाउँमा तोडफोडको ब्रान्च खोल्ने योजना छ ।बन्द गर्ने त सोचेकै छैन ।’ यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!