बैदेशिक पोष्ट
२०८२ माघ ५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिजिट भिसामा दुबई आएका ११८ नेपाली युवा अलपत्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस २६, २०७८ ०८;२० बिहान प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र परेका हुन् ।

यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ । उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् ।

उनको मुख्य संलग्नतामा अन्य दलालहरु खगेन्द्र लम्साल, राजन ठकुरी, भुपेन्द्र बोहोरा, आदित्य रसाइली, होम बहादुर खड्का, सिम्रन रसाईलीले दुबईको विभिन्न कम्पनीमा कामदार माग गरिएको भन्दै नक्कली मागपत्र बनाई युवाहरुलाई झुक्याएर दुबई ल्याएका थिए ।

दुबईस्थित अलफैदीमा कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायसहितको टिमले प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म असुल गर्ने गरी यी युवालाई भिजिट भिसामा दुबई ल्याएका हुन् ।

केही पीडित युवाले कुल लाग्ने रकमको आधा अर्थात् करिव ४ लाख रुपैयाँ नेपालमा तिरेको र बाँकी रकम अफर लेटर आएपछि तिर्ने सहमतिमा दुबई आएको बताए । उनीहरुले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायको श्रीमती रन्जना ढकाल प्याकुरेलको नाममा रहेको प्रभु बैंकको खातामा नेपालमै रकम जम्मा गरेका थिए ।

दुबई आएको लामो समय भए पनि पीडित युवाहरु र दलालबीच सहमति भए अनुसारको काम नभएपछि मात्र उक्त समस्या बाहिर आएको हो । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायले आर्म्स गार्डमा काम लगाइदिन्छु भन्दै यहाँ ल्याएपछि बन्धक बनाएर राखेको पीडित श्रीराम रानाभाटले रातोपाटीलाई बताए ।

उनले भने, ‘हामी अहिले ११८ जना नेपाली छौं, आर्म्स गार्डको लागि भनेर हामीलाई दुबई ल्याएको ४ महिना भइसक्यो तर अहिलेसम्म कुनै काम लगाएको छैन ।’

यसरी आएकामध्ये धेरैजसोको भिसा अवधि समाप्त भएको उनले जानकारी दिए । ‘पासपोर्ट माग्दा धम्क्याउँछ, हामीसँगै दुबई आर्मी, सुरक्षा गार्ड (सेक्युरिटी) का लागि नेपालबाट आएका अन्य साथीहरु पनि छन् । उता जागिर छाडेर यता आइयो । यहाँ आएपछि बिचल्ली भयो ।’

केही समय अघि नेपाली सेनामा काम गरेका नेपालीलाई मात्रै दुबईमा आर्म्स गार्डका लागि जागिर खुलेको भन्दै त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले प्रचार गरेको थियो । प्रतिव्यक्ति ३ हजार दिर्हाम अर्थात् करिब (१ लाख रुपैयाँ) तलबसहित खान र बस्न फ्रिसहित राम्रो सुविधा हुने आश्वासनमा उनीहरु भिजिट भिसामा दुबई पुगेका हुन् ।

लामो समयसम्म पनि काम नपाएर बिचल्ली भएपछि गत नोभेम्बर २७ मा एक हप्ताभित्र काम लगाइदिने भन्दै उपाध्ययले पीडितहरुसँग लिखित कागज गरेका थिए तर, जनवरी ७ सम्म पनि काम नलगाएपछि विचल्लीमा परेका युवाहरु दुबईमा रहेको त्रिनेत्र अफिस पुगे ।

उपाध्यायले पीडितहरुलाई आफूले नचिन्ने र अफिसमा नआउन भनेपछि त्यहाँ केहीबेर तनावपूर्ण अवस्था बनेको थियो । जसका कारण उपाध्यायलाई स्थानीय प्रहरीले पक्राउसमेत गरेको थियो । पक्राउ परेको केही समयपछि उनलाई छाडिएको छ । उनीसँग रातोपाटीले सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

यता नेपाली दूतावास आबुधावीले उक्त घटनालाई निकै गम्भीरतापूर्वक हेरिएको बताएको छ । दूतावासकी श्रम काउन्सिलर निर्मला थापाका अनुसार उक्त घटनाबारे श्रम मन्त्रालयका उच्च पदाधिकारीले दूतावासमा सम्पर्क गरेकाले पीडितहरुसँग पनि सम्पर्क भइरहेको छ ।

थापाले भनिन्, ‘त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्याय दूतावासको सम्पर्कमा आउनु भएको छ । उहाँले पीडितहरुलाई आफू र आफ्नो कम्पनीले भिजिट भिसामा दुबई नल्याएको तर आवश्यक बासस्थान मात्र दिएको दाबी गर्नुभएको छ ।’

सोमबार दूतावास खुल्नासाथ यसबारे आवश्यक प्रक्रिया अघि बढाउने उनले जानकारी दिइन् । यसरी अवैध रुपमा दलालहरूले विमानस्थलका कर्मचारीमार्फत सेटिङमा दुबई ल्याएका हजारौँ नेपाली अहिले अलपत्र अवस्थामा छन् ।

पछिल्लो समय भिजिट भिसाको नाममा दलालहरूले नेपालीलाई दुबई ल्याएर अलपत्र पार्ने कार्य निकै बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार ६० हजार नेपाली भिजिट भिसामा दुबई आइपुगेका छन् । तर स्वेच्छाले भिजिट भिसामा दुबई जान चाहेका नेपालीहरुलाई भने त्यति सहज छैन ।

अध्यागमनका कर्मचारीले केहीदिन अघिमात्र एउटा सहकारी संस्थाका पदाधिकारीहरु भिजिट भिसामा दुबई घुम्न जान लागेको अवस्थामा उनीहरुलाई फर्काएको थियो । तर दलालहरूले आफ्नो पहुँच र अध्यागमनका कर्मचारीलाई कमिशन बुझाएर यस्तो काम सहज रुपमा गर्दै आइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!