बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउदी अरबको ऐतिहासिक निर्णय, महिलाहरुको रुप देख्दा दुनियाँ चकित (तस्वीरहरु)

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, साउदी अरब
पुस २७, २०७८ २०;२२ मध्यान्ह प्रकाशित
साउदी अरबको ऐतिहासिक निर्णय, महिलाहरुको रुप देख्दा दुनियाँ चकित (तस्वीरहरु)
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। साउदी अरेबियाले महिलाहरुप्रतिको आफ्नो रुढीवादी सोचलाई बदल्दैछ । अब उसले महिलाहरुलाई ऊँटहरुको लागि आयोजित एक प्रतियोगितामा भाग लिन अनुमति दिएको छ । ऊँटहरुको सौन्दर्य प्रतियोगिता ‘शिप्स अफ द डेजर्ट’मा इतिहासमै पहिलो पटक साउदीमा महिलाहरुले ऊँटमा चढेर परेड गरे । ऊँटको यो सौन्दर्य प्रतियोगिता किंग अब्देलअजीज फेस्टिभलको एक हिस्सा थियो जसमा यसअघि केवल पुरुषहरु मात्र सहभागी हुन्थे । साउदी अरेबियाको राजधानी रियादबाट उत्तरपूर्व रुमा मरुभूमिमा आयोजित यो प्रतियोगिताको हिस्सा बनेर महिलाहरु निकै खुसी छन् ।

२७ वर्षकी लामिया अल रशीदीले समाचार एजेन्सी एएफपीसँग भनिन् ‘म आशा गर्छु कि इंशाअल्लाह हामीले समाजमा प्रतिष्ठा निश्चय पाउनेछौं ।’ रशीदीको परिवारमा ४० ऊँट छन् र उनी ऊँटहरुको बीचमै हुर्किएकी हुन् । प्रतियोगितामा भाग लिनको लागि उनले आफ्नो अनुहारलाई कालो स्कार्फले पूरै ढाकेकी थिइन् । काँधमा रंगीबिरंगी शल झण्ड्याएकी थिइन् । उनले एएफपीसँग भनिन् ‘जब म सानी थिएँ त्यतिबेलादेखि नै मेरो ऊँटमा रुची छ । जब यो प्रतियोगितामा महिलाहरुले भाग लिन पाउने घोषणा गरियो, मैले यसमा भाग लिने निश्चय गरें ।’

महिलाहरुको प्रतियोगितामा ४० जना महिला प्रतियोगीहरुले भाग लिए र टप ५ जना महिलाहरुलाई १ मिलियन रियाल (३ करोड १५ लाख रुपैयाँ) पुरस्कार दिइयो । यो प्रतियोगितामा भाग लिने ऊँटहरुको सुन्दरतालाई कैयौं मापदण्डमा मूल्यांकन गरिन्छ । ओठ, घाँटी र पिठ्युँमा हुने डल्लोको आकारलाई मुख्य रुपमा हेरिन्छ । डिसेम्बरमा कैयौं प्रतियोगीहरुलाई यो प्रतियोगिताको लागि अयोग्उ घोषित गरिएको थियो किनकि उनीहरुको ऊँटलाई प्रतिबन्धित बोटोक्स इन्जेक्सन लगाइएको थियो । यो इन्जेक्सन अनुहारको चाउरी कम गर्नको लागि प्रयोग गरिन्छ ।

यो समारोहमा एक समय त यस्तो समेत आयो कि रातो बालुवामा घोडामा चढेका कालो कपडा लगाएर परेड गरिरहेका महिलाहरु ऊँटमाथि सेतो कपडा लगाएर सवार पुरुषहरुभन्दा अगाडि गए । खासमा तरवार लिएका पुरुषहरु ढोलकको थापमा नाच्न लागे जसका कारण उनीहरु पछि छुटे र महिलाहरु अगाडि पुगे । तेलको धनी यो खाडी देश इस्लामका नियमको कडाइका साथ पालन गर्छ । तर, २०१७ मा क्राउन प्रिन्स मोहम्मद बिन सलमान सत्तामा आएपछि व्यापक सुधार गरिएका छन् र महिलाहरुमाथि लगाइएका कैयौं प्रतिबन्धहरु हटाइएका छन् ।

यो प्रतियोगिताका म्यानेजर मोहम्मद अल हरबीले भने ‘महिलाहरु सधैं खानाबदोश समाजका अभिन्न अंग रहिआएका छन् । उनीहरु ऊँटका मालिक हुन् र ऊँटहरुको हेरचाह गर्दै आइरहेका छन् ।’ साउदीको यो ४० दिने उत्सवको सुरुवात गत महिना भएको थियो । म्यानेजर अल हरबीले यो प्रतियोगितामा महिलाहरुलाई सहभागी गराउने निर्णय साउदी अरबको ऐतिहासिक विरासतलाई मध्यनजर गर्दै गराइएको बताए । यो प्रतियोगितामा ७ वर्षकी मालाथ बिन्त इनादले पनि भाग लिइन् जो यो प्रतियोगिताकी सबैभन्दा कान्छी प्रतियोगी हुन् । उनको ऊँटले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्यो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!