बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायलमा कामदार लैजान एयर अरेबिया छनोट, प्रतिव्यक्ति हवाई भाडा ८० हजार घट्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस २७, २०७८ २१;१३ मध्यान्ह प्रकाशित
इजरायलमा कामदार लैजान एयर अरेबिया छनोट, प्रतिव्यक्ति हवाई भाडा ८० हजार घट्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कामदार इजरायल लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको छ । एयर अरेबियाले ५९ हजार नौ सय ९० रुपैयाँमा कामदारहरूलाई इजरायल लैजान तयार भएको हो । रोजगारीमा जान अन्तिम छनोटमा एक हजार एक सय ७५ कामदार छनोट भएका छन् । अब उनीहरूको नौ करोड ४० लाख रुपैयाँ लागत घट्ने भएको हो ।

यसअघि वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जाने कामदारबाट हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, पिसिआरसहित एक लाख ६५ हजार सात सय तोकेको थियो । जसमध्ये विभागले एक लाख ४० हजार रुपैयाँ हवाई भाडाबापत खर्च तोकेको थियो । विभागले नेपाल एयरलाइन्समार्फत कामदारलाई इजरायल पठाउन सो भाडादर निर्धारण गरेको होे । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हवाई भाडादर अत्यधिक भएको भन्दै नेपाल एयरलाइन्सको विकल्प खोज्न निर्देशन दिएपछि विभागले टेन्डर आह्वान गरेको थियो । यद्यपि, श्रममन्त्री श्रेष्ठले नेपाल एयरलाइन्सलाई नै भाडादर घटाउन आग्रह गरेको बताएका थिए । ‘नेपाल एयरलाइन्ससँग बार्गेनिङ गरेपछि एक लाख २० हजारसम्ममा सहमत भयो । तर, अन्य एयरलाइन्सले त्यसभन्दा कममा लैजान्छाैं भनेपछि हामीले टेन्डर आह्वान गरेका हौँ,’ मन्त्री श्रेष्ठले भने ।

विभागले ९ पुसमा सूचना प्रकाशित गरी एयरलाइन्स कम्पनीहरूसँग प्रस्ताव माग गरेपछि आठवटा एयरलाइन्स कम्पनीले आवेदन दिएका थिए । जसमध्ये सबैभन्दा कम मूल्य सी लिंक होलिडेज कम्पनीबाट प्रस्ताव गरेको एयर अरेबिया छनोट भएको हो । इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए)ले एक हजार एक सय ७५ जना कामदारलाई छनोट गरेको छ । विभागले यसअघि नेपाल एयरलाइन्ससँग तय गरेको भाडादरअनुसार सो संख्याका कामदारको भाडादर १६ करोड ४५ लाख हुन आउँथ्यो । तर, टेन्डरमार्फत छनोट भएको एयर अरेबियाले भने सात करोड पाँच लाख रुपैयाँमा लैजाने भएको हो ।

करिब पौने दुई लाख पारिश्रमिक
केयर गिभरका लागि इजरायल जाने नेपाली कामदार मासिक पारिश्रमिक करिब पौने दुई लाख पाउनेछन् । वैदेशिक रोजगार विभागका अनुसार नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन् । इजरायलको सरकारले तोकेअनुसार कामदारले मासिक एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) पारिश्रमिक पाउनेछन् । कामदारले हप्ताको ४२ घन्टा काम गर्नुपर्नेछ ।

इजरायल रोजगारीमा रोजगारदाता र श्रमिकबीच पहिलोपटक एक वर्षका लागि सम्झौता हुनेछ । तर, रोजगारदाताले चाहेमा पाँच वर्षसम्मका लागि गर्न सक्नेछ । तर, पाँच वर्षपछि भने कामदार अनिवार्य रूपमा नेपाल फर्कनुपर्नेछ । विभागले गत साउन १२ गतेदेखि इजरायल रोजगारीका लािग अनलाइन आवेदन माग गरेको थियो । गत साउन मसान्तसम्ममा विभागमा नौ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये पाँच हजार चार सय ९९ जना पुरुष र चार हजार दुई सयजना महिला छन् । विभागमा परेको आवेदन प्रमाणीकरण गर्दा करिब साढे सात हजार छनोट भएका हुन् ।

विभागले गत भदौ २८ गते लिएको पहिलो चरणको लिखित परीक्षामा ६ हजार तीन ९७ उपस्थित भएका थिए । भाषा परीक्षाबाट एक हजार तीन सय ९५ महिला र ६ सय ४४ पुरुष गरी कुल दुई हजार ३९ उत्तीर्ण भएका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये एक हजार आठ सय तीन अन्तर्वार्तामा सहभागी भएका थिए । जसबाट एक हजार एक सय २० महिला र चार सय ८० पुरुष गरी कुल एक हजार ६ सय छनोट भएका हुन् । अन्तर्वार्ता गत असोज ४ गतेदेखि ९ गतेसम्म चलेको थियो ।

५ माघमा एक सय २५ कामदार इजरायल उड्ने
वैदेशिक रोजगार विभागले ५ माघमा पहिलो चरणमा एक सय २५ जना नेपाली युवालाई इजरायल उडाउने भएको छ । विभागका अनुसार इजरायल दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरूमध्ये इजरायल कन्सुलर विभागबाट एक सय ४३ जनाको नामावली प्राप्त भएको छ । जसमध्ये एक सय २५ जना कामदारहरू माघको पहिलो साता नै इजरायल प्रस्थान गर्नुपर्ने विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचीको क्रमसंख्या एकदेखि एक सय २५ सम्मका कामदारहरूले मंगलबार दिउँसो तीन बजेभित्र टिकट बुक गरिसक्नुपर्नेछ । सो अवधिमा टिकट बुक नगर्ने कामदारहरूको हकमा बाँकी क्रमसंख्या एक सय २६ देखि एक सय ४३ सम्मका कामदारहरूले पहिलो प्राथमिकताका आधारमा बुधबार बिहान १० बजेभित्रमा टिकट काटिसक्नुपर्नेछ । नक्सालस्थित सी लिंक होलडेजको कार्यालयमा पुगी टिकट बुक गर्नुपर्नेछ । टिकट बुक गर्दा राहदानी पनि साथमा लैजानुपर्नेछ । टिकट बुक गरेका एक सय २५ कामदारले आगामी २९ गते बिहान १० बजेदेखि बेलुका चार बजेसम्म ललितपुरस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा गई बायोमेट्रिक गर्नुपर्नेछ । त्यस्तै, आगामी पुस ३० र माघ २ गते प्रतिष्ठानमा गई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्नेछ ।

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म नौ सय ९४ कामदारसँग सम्झौता भइसकेको छ । विभागले पहिलो चरणमा दुई सय २९ जना युवासँग सम्झौता गरेको थियो । दोस्रो चरणमा तीन सय ९६, तेस्रोमा एक सय ५८, चौथोमा ३३, पाँचौँमा २८, छैटौँमा ३०, सातौँमा ३४, आठौँमा ३६ र नवौँ चरणमा ५० जना कामदारसँग सम्झौता गरेको छ ।

विभागले इजरायल रोजगारीका लागि १६ सय जनाको अन्तिम छनोट गरेको छ । भाषा परीक्षा र अन्तर्वार्ताबाट विभागले रोजगारीका लागि अन्तिम सूची सार्वजनिक गरेको हो । जसमा ७० प्रतिशत महिला छन् भने ३० प्रतिशत पुरुष रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!