बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियाकाे जेल अनुभव : ‘७ जनाको जेलभित्रै मृत्यु देख्दा ज्युँदै फर्किन्छु भन्ने आश थिएन’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, मलेसिया
पुस २८, २०७८ १७;५७ मध्यान्ह प्रकाशित
मलेसियाकाे जेल अनुभव : ‘७ जनाको जेलभित्रै मृत्यु देख्दा ज्युँदै फर्किन्छु भन्ने आश थिएन’

मलेसियाको जेलबाट उद्धार गरी ल्याइएका तनहुँका बेलबहादुर थामी

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। तनहुँका बेलबहादुर थामी सन् २०१४ मा वैदेशिक रोजगारीको लागि मलेसिया उडेका थिए। उनलाई एजेण्टले त्यहाँ पुगेपछि राम्रो काम र तलव दिलाइदिने प्रलोभन देखाएको थियो।

नेपालमा एजेण्टले भनेकै सेवासुविधा नपाएपनि बेलबहादुरले त्यहाँ ६ वर्षसम्म एउटै कम्पनीमा काम गरे। उनी कार्यरत जेबीजीसी कम्पनीले कम्प्युटर सम्बन्धी हार्डवयर सप्लाइको काम गर्दथ्यो। बेलबहादुर पार्ट पुर्जा बनाउने डिपार्टमेण्टमा सहयोगी थिए।

९ सय तलब र ओभरटाइम गरेर मासिक १४ सय मलेसियन रिंगेटसम्म बेलबहादुरको कमाइ हुन्थ्यो। ६ वर्षसम्म ठिकै चलिरहेको कम्पनी त्यसपछि भने विस्तारै चल्न छोड्यो। बेलबहादुरको भिसाको म्याद पनि सकिदैँ थियो। तर, कम्पनीले भिसा थप्ने सुर नै गरेन।

भिसा नवीकरण नहुनेभएपछि उनीसँगै गएका कतिपय साथी नेपाल फर्किए। तर,बेलबहादुरलाई भने अझै पैसा कमाउने इच्छा जाग्यो। उनले घर नफर्किने सोच बनाए।

यहीबीचमा उनलाई मलेसियाको अर्काे एउटा सुरक्षा गार्ड सप्लाई गर्ने कम्पनीबाट प्रस्ताव आयो । उक्त कम्पनीका मालिकले भिसा लगाइदिने र मेडिकल रिपोर्ट लिएर आउन भनेका थिए। बेलबहादुरले पनि नयाँ काम पाइने आशामा मालिकले भनेजस्तै गरे। नयाँ कम्पनीमार्फत सुरक्षा गार्डको काम सुरु गरे।

तर, मालिकले भने पहिला आश्वासन दिएकाे कुरा पूरा गरेनन्। भिसा लागेन। बेलबहादुर अवैधानिक हैसियतमा पुगे। गैरकानूनी रुपमा काम गर्दा आफूलाई धेरै गाह्रो परेको बेलबहादुर बताउँछन्। ‘भिसा नहुँदा धेरै समस्या झेल्नु पर्‍यो। प्रहरी चेकजाँचमा लुकेर बाँचिन्थ्यो,’ उनले सुनाए।

सन् २०१९ देखि मलेसिया सरकारले आफ्नो मुलुकमा रहेका अवैधानिक विदेशी नागरिकलाई स्वदेश फर्कन आममाफी कार्यक्रम (ब्याक फर गुड)को अवसर दियो। यो अवसरको सदुपयोग गरेर हजारौँ नेपाली मलेसियाबाट स्वदेश फर्किए पनि । तर, बेलबहादुरले भने यो अवसरको सदुपयोग गरेनन्। उनले अझै लुकेरै काम गर्ने निधो गरे।

यता मलेसियन सरकार भने आममाफीको अवधी सकिएसँगै अवैधानिक आप्रवासीलाई कानूनी कारवाही गर्ने हेतुले कडा अप्रेसनमा ओर्लियो। अध्यागमन विभागले विभिन्न स्थानमा छापा मार्न थाल्यो। अवैध कामदारको हकमा जरिवाना रकम तथा जेल सजायको अवधि पनि बढायो।

कोभिड–१९ भाइरसका कारण मलेसिया लकडाउनमा थियो। त्यहीबेला मलेसियन सरकारले अवैध आप्रवासीलाई धमाधम पक्राउ गर्न थाल्यो। सन् २०२१ को १३ अक्टुबरमा बेलबहादुर पनि पक्राउ परे। कम्पनीमा काम गरिरहेका बेला अध्यागामान विभागका अधिकारीले उनलाई समातेका थिए।

‘पासपोर्ट मागेको थियो। तर, मालिकसँग भएकोले देखाउन पाएन। भिसा नभएकोले आइडी कार्ड पनि थिएन। केही प्रमाण छैन भनेर समाती हाल्यो,’ पक्राउ पर्नेबेलाको क्षण सम्झदैं उनले भने,‘हतकडि लगाइदियो,’ फोटो खिच्यो, अनि पेकनास जेलमा लगेर थुनिहाल्यो।’

मलेसियाको जेल निकै कष्टपूर्ण रहेको बेलबहादुर बताउँछन्। जेलमा बेलबहादुरसँगै अन्य विभिन्न देशका कैदी पनि थिए। जेलमा आफूलाई प्रहरीले धेरै पटक लठीले हानेर उठबस गराएको उनले बताए।

मलेसियका जेलमा मानवीयता नहुने बेलबहादुर सुनाउँछन्। ‘खाना एकदमै थोरै दिने, पेट पनि नअघाउने। आदि पाकेको खाना हुन्थ्यो। तरकारी त अझ खाली पानीमा उमालेको बन्द गोभी। पिउने पानिको पनि उस्तै समस्या,’ बेलबहादुरले जेलको भोगाइ सुनाए। जेलमा रहँदा उनलाई लाग्थ्यो– ठूलो गल्ती गरेको छैन्। कसैको चोरेको, कसैलाई मारेको पनि होइन। ढिलो चाँढो नेपाल फर्किन पाइन्छ।

त्यति मात्रै कहाँ हो र ? मलेसियाको जेलमा बेलबहादुरको अझ धेरै नमिठो अनुभव छ। उनीसँगै बसिरहेका अन्य देशका ४ जनाले सिलिङ खसेर जेलभित्रै ज्यान गुमाए। बेलबहादुर भने जोगिए। आफ्नै आँखा अगाडी भएको यो घटनाले उनलाई विक्षिप्त बनायो। उनले आफूलाई असुरक्षित महशुस गर्न थाले।

त्यसको केहीदिनमै फेरि जेलभित्रै रहेका अन्य ३ जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाए। त्यो सबै देख्दा आफूले घर फर्किने आश मारिसकेको उनले बताए। ‘अब यतै मरिने भइयो जस्तो लाग्थ्यो। जतिवेला पनि मनमा नराम्रो कुरा मात्रै खेल्ने। ज्युँदै फर्किने आश त थिएन, कोभिडको कारणले लाश पनि नेपाल नफर्किने डर थियो,’ उनले भने। जेलमा ज्यान गुमाएका साथी नेपाली नभएपनि घटनाले आफूलाई ज्यादै दुखि बनाएको बेलबहादुरले बताए।

बेलबहादुर बिहीवार सकुशल फर्किसकेका छन्। मलेसियका विभिन्न जेलहरुबाट छुटाएर बेलबहादुरसहित २५ नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा स्वदेश फिर्ता ल्याइएको हो।

संघका उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रममार्फत जरिवाना तिरेर जेलबाट छुटाउने,कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु स्वदेश फर्कन बाटो खुलेको थियो।जसको लागि मलेसियास्थित नेपाली दूतावासले समन्वय गरेको थियो।

उद्धारमा सहयोग गरेकोमा एनआरएनएप्रति आभार प्रकट गर्दै बेलबहादुरले भने,‘कोही पनि अवैध भएर विदेशमा नबस्नुहोला। कसैले भिसा लगाइदिन्छु भन्दैमा भर नपर्नुहोला। अवैध भएर बस्दा मैले धेरै दु : ख पाएँ।’ बेलबहादुरले आफू फेरि विदेश नजाने र जे जस्तो काम भए पनि नेपालमै गरेर परिवारसँग बस्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!