जापानको फुकुओका सहरमा जनवरी ७ तारिख शंकास्पद अवस्थामा निधन भएका नेपाली युवाको अन्य दुई नेपाली युवाले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
फुकुओकाको हिगासी कुमा एक नेपाली युवाको घाँटी थिचेर हत्या गरिएको विश्वास गरिएको शव फेला परेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा नेपाल गोरखा जिल्ला घर भएका सुजन बर्सिला हुन् । बर्सिला विद्यार्थीको रुपमा अध्ययनरत थिए ।
प्रहरीलाई उद्दृत गर्दै याहु न्यूजमा प्रकाशित समाचार अनुसार फुकुओकाको शिओहामा, हिगाशी कुको एउटा अपार्टमेन्टमा बर्सिला मृत अवस्थामा फेला परेका थिए । स्थानिय प्रहरीले जनवरी १२ तारिख मृतक व्यक्तिको शव नेपाली विद्यार्थी २४ वर्षीय बर्सिला सुजन भएको पुष्टि गरेको थियो ।
यसअघिको अनुसन्धानमा बर्सिलाको घाँटी थिचेका कारण निसास्सिएर मृत्यु भएको पाइएको र प्रहरीले हत्याकाण्डका रूपमा अनुसन्धान गरिरहेको छ । शव फेला परेको अघिल्लो रात सँगै चिनजानका तीन नेपाली पुरुष रहेका थिए । मृतक बर्सिला मदिरा सेवन गरेको अवस्थामा पाईएको र अन्यसँगै रहेका दुई नेपाली युवाले समेत सो समय मदिरा पिएको पाईएको छ ।
सँगै बस्ने दुईजना नेपालीसँग सोधपुछ गर्दा रक्सी पिएर समस्यामा परेको भनी बयान दिएको प्रहरीले बताएको छ । प्रहरीले घटनाबारे गम्भिरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।
बर्सिलाको निधन भएको रात सँगै ढकाल र मगर थरका दुई युवा रहेका थिए । उनिहरुले नै बर्सिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-