बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उच्च शिक्षाका लागि अष्ट्रेलिया जाँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस ३०, २०७८ १२;१८ मध्यान्ह प्रकाशित
अस्ट्रेलियाको व्यस्त जीवनमा जान्नैपर्ने जिवनशैली
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोरोना कहरले २२ महिना बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमा अघिल्लो महिनादेखि खुलेको छ। सिमा खुलेसँगै अध्ययनका लागि अष्ट्रेलिया भित्रने विद्यार्थीको संख्यामा बाक्लो भिड देखिएको छ। कंगारूको देश अस्ट्रेलिया पछिल्लो समय नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्दै आएको छ।

अष्ट्रेलिया भित्रने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली विद्यार्थी रहेको यहाँको सरकारी तथ्याङ्कले जनाएको छ। अस्ट्रेलियाको सिमा डिसेम्बर १५ बाट सबैका लागि खुला भएको छ। सिमा खुलेसँगै करिब तीन हजार भिसा लागेका विद्यार्थी अस्ट्रेलिया भित्रिसकेका छन्। अन्य दसौं हजार जाने अन्तिम तयारीमा छन्।

सिमा नाका खुलेसँगै अष्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँका नियम कानुन पूर्णत पालना गर्नुपर्ने हुन्छ। विद्यार्थीले थप अध्ययन अनुसन्धान गरेर प्रकृया अगाडि बढाउनुपर्ने हुन्छ। व्यवसायिक विषयको रोजाइ र पढाइ अनि मिहिनेत गरे आर्थिक रूपमा पनि व्यवस्थापन गर्न सकिने भएकाले अस्ट्रेलिया धेरैको रोजाइमा परेको हो।

अधिकांश नेपाली विद्यार्थी अस्ट्रेलिया गएर अध्ययन गर्ने र भविष्य निर्माण गर्ने सोचमा छन्। अस्ट्रेलियामा करिब ७० हजार नेपाली विद्यार्थी विभिन्न कलेज, प्राविधिक शिक्षालय र विश्वविद्यालयमा अध्ययनरत छन्।

पछिल्लो समयमा बेलायतका शिक्षण संस्थामा देखिएको समस्या र अमेरिकाको महंगो शुल्कले विद्यार्थीको ध्यान अस्ट्रेलियातर्फ मोडिएको शिक्षाका जानकारहरू बताउँछन्। केही वर्ष अघिसम्म अमेरिका र बेलायत अध्ययनको आकर्षण हुने गरे पनि पछिल्लो समय विद्यार्थीको लक्ष्य फेरिएको शिक्षा मन्त्रालयको पछिल्लो आकँडाले देखाएको छ।

विदेश पढ्न जानेको लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिनेमध्ये आधाभन्दा बढी अस्ट्रेलियाका छन्। अस्ट्रेलियामा राम्रा विश्वविद्यालयदेखि टेफजस्ता उपयोगी प्राविधिक शिक्षालयसँगै निजी कलेजको उत्कृष्ट शिक्षा पाइन्छ। यसअघि बेलायतमा यस्तै निजी कलेजको बिगबिगीले शैक्षिक बजारनै उथुलपुथुल भएको भन्दै सरकारले प्रतिबन्धसमेत लगाएको थियो। तर अष्ट्रेलियामा पढ्न आउँदा कस्तो शैक्षिक संस्था रोज्ने भन्ने विषयमा आउने विद्यार्थी र पठाउने अभिभावकले नै खोज्न सक्छन्।

अस्ट्रेलियाका विश्वविद्यालयमा विभिन्न संगठन छन्। आफू जाने विश्वविद्यालय कुन नेटवर्कसँग आबद्ध छ, त्यो अनुसार युनिभर्सिटीको काम र उद्देश्यको बारेमा विद्यार्थी आफैंले जानकारी लिन सक्छन्। ग्रुप अफ एट, द अस्ट्रेलियन टेक्नोलोजी अफ युनिभर्सिटिज्, द रिजनल युनिभर्सिटिज नेटवर्क र दइनोभेटिभ रिसर्च युनिभर्सिटिज नेटवर्क अस्ट्रेलियाका विश्वविद्यालय नेटवर्क हुन्।

विद्यार्थीले विश्वविद्यालय रोज्दा व्यवसायिक दक्षताको लागि दिइने सीप र ज्ञान, अध्यापनका बारेमा पर्याप्त जानकारी लिनुपर्छ। त्यस्तै, विश्वविद्यालयले दिने छात्रवृत्ति र सेवा सुविधाका बारेमासमेत विद्यार्थी जानकार हुनुपर्छ। विश्वविद्यालय र यीसँग आवद्ध उच्च शिक्षाका निकाय तथा पछिल्लो समय व्यवसायीक रूपमा उदाएका केही निजी कलेजका बारे विद्यार्थीले बुझ्न जरूरी हुन्छ।

अस्ट्रेलिया सरकारले शिक्षामा कडाइ गर्दै जाँदा नेपालबाट राम्रो अंक ल्याएर प्लस टु सकेका विद्यार्थीले आफ्नो भविष्यको बारेमा निर्णय लिँदा शिक्षालयबारे राम्ररी जाँचबुझ गरेर मात्रै अष्ट्रेलिया आउनुपर्ने हुन्छ।

पछिल्ला दिन अष्ट्रेलिया आउने अधिकांश विद्यार्थीको रोजाइमा सूचना प्रविधि, नर्सिङ, इञ्जिनियरिङ, स्वास्थ्य विज्ञान, म्यानेजमेन्ट, हस्पिटालिटीजस्ता विषय परेका छन्।

विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार कस्तो छ भन्नेबारे जानकारी महत्वपूर्ण हुन्छ। त्यसैले आफ्नो योग्यता, रूची र चाहनाबारे प्रष्ट हुन जरूरी हुन्छ।

यताका कतिपय ब्याचलर डिग्री पढाउने कलेजको प्रमाणपत्र नेपालमासमेत मान्यता पाउँदैनन्। डिप्लोमा, एडभान्स डिप्लोमाजस्ता भोकेसनल कोर्सहरू आधारभूत ज्ञानका रूपमा मात्र प्रचलित छन्। यस्ता भोकेसनल कोर्सहरू अस्ट्रेलियामा मात्र उपयोगी मानिन्छन्।

विद्यार्थी भिसामा अस्ट्रेलिया जान चाहनेले कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्छ। कक्षा ११ र १२ को मिलाएर कुल अंक ६० प्रतिशतभन्दा बढी ल्याएका विद्यार्थीले भिसाका लागि सहजै आवेदन दिन सक्छन्। यसका साथै कक्षा दसको परीक्षाफल पनि समावेश गर्नुपर्छ। शैक्षिक योग्यतासँगै आइएलटिएसमा कम्तीमा ६ अंक ल्याउने विद्यार्थीका लागि प्रकृया सहज हुन्छ।

शैक्षिक योग्यता पुगेपछि परिवारको आर्थिक स्रोत, घरजग्गाको वित्तीय मूल्यांकन र सम्पत्ति विवरण देखाएपछि भिसा प्रकृया अगाडि बढ्छ। कलेजमा कागजात पेश गर्दा एक वर्षको पढाइ शुल्क, स्वास्थ्य बीमा, एक वर्षको बसाइ खर्च, आउ–जाउका लागि हवाइ टिकट बराबरको रकम प्रमाणित गरेपछि मात्र भिसा पाइन्छ।

नेपालबाट पठाएको डकुमेन्ट अनुसार कलेजले ६ महिना वा एक वर्षसम्मका शुल्क तिर्नका लागि प्रस्ताव गरेपछि सिओइ पत्र दिन्छ। यी सबै कागजातलाई विद्यार्थीले दिल्लीस्थित अस्ट्रेलियन दूतावासको हाइकमिसनमा पठाउनुपर्छ। यिनै कागजातका आधारमा भिसा अधिकारीले परीक्षण गरेपछि पन्ध्रदेखि तीस दिनभित्र भिसा प्राप्त गर्न सकिन्छ।

अस्ट्रेलिया पढ्न जाने विद्यार्थीले ‘क’ वर्गको इजाजत प्राप्त सबै कमर्सियल बैंकबाट बैंकिङ डकुमेन्टेसन गर्न पाउँछन्। अस्ट्रेलिया सरकारले आफ्नो भूमिमा पढ्न आउने विदेशी विद्यार्थीका लागि यस्तो नीति बनाएको हो। अस्ट्रेलियन हाइकमिसनले नेपाल राष्ट्र बैंकको नियन्त्रण र अनुगमनमा रहेका ‘क’ वर्गका सबै बैंकलाई मान्यता दिएको हो। अस्ट्रेलिया जाने नेपाली विद्यार्थीमध्ये करिब २५ प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ।

‘डिपेन्डेन्ट भिसा’ अर्थात् अस्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन्। अध्ययनमा गएका विवाहित नेपाली पुरूष या महिलाले पाउने अतिरिक्त सुविधाका रूपमा यो भिसालाई लिइन्छ। एक वर्षभन्दा बढी समयका शैक्षिक योग्यताका कोर्सहरू, ब्याचलर डिग्री, मास्टर्स, मास्टर्स रिसर्च, पिएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउँछन्।

‘यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयका लागि पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा बस्न नपरोस् भनेर दिइएको सहुलियत पनि हो। अर्कोतिर एक जनाको पढाइका निम्ति आर्थिक रूपमा अर्का सहयोगी बनुन् भनेर यस्तो भिसाको व्यवस्था गरिएको हो।

यस भिसाका लागि केही कानुनी प्रक्रिया आवश्यक रहन्छन्। जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाडसँगै मनाएको भिडियो, सिडी, भिसिडी, फोटो आदि पर्छन्।

त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिकोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक छन्। यी सबै प्रमाणपुगेपछि कम्तीमा दुई महिनादेखि तीन महिनाभित्र यस्तो भिसा प्राप्त गर्न सकिन्छ।

मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया रहेका परिवारका सदस्यले फुलटाइम काम गर्न पाउँछन्। मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउने कानुनी प्रावधान छ।

अस्ट्रेलियामा विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन्। तर कोरोनाकालमा भने सरकारले विद्यार्थीको काम गर्ने समय सिमा बढाएरफुल टाईम बनाएको थियो।

विद्यार्थीले छुट्टिको समयमा भने पूरा समय काम गर्न पाउँछन्। श्रम कानुनअनुसार प्रत्येक कामदारले कम्तिमा १९ अस्ट्रेलियनडलर पारिश्रमिक पाउँछन्। कामको प्रकृतिअनुसार २० देखि ३० डलर घन्टाको कमाइलाई यहाँ सामान्य मानिन्छ।

पढ़ाई सकेपछि विद्यार्थीले टीआर अर्थात् टेम्पोरेरी ग्राजुयट भिसा पाउँछन्। जसमा ब्याचलर डिग्रीलाई लगभग दुई वर्ष र मास्टर डिग्री सकेपछि तीन वर्ष पुरा समय काम र स्थायीत्वको लागि बस्न पाउँछन्। समग्रमा विदेश जाने विषयमा केही कुरा स्पष्ट हुनु जरूरी छ । पैसा कमाउने या उच्च शिक्षा हासिल गर्ने भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरूरी छ। स्रोत सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!