बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘कतार विश्वकप श्रमिकको रगतले लत्पतिएको छ’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
पुस ३०, २०७८ २०;४८ मध्यान्ह प्रकाशित
‘कतार विश्वकप श्रमिकको रगतले लत्पतिएको छ’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। कतार विश्वकप फुटबल प्रतियोगिताको संघारमा छ। अन्तराष्ट्रिय संचारमाध्यम तथा मानवअधिकारवादी संस्थाहरुले भने कतार सरकारको आलोचना गर्न छाडेका छैनन्।

रंगशाला निर्माणमा खटिएका श्रमिकको मृत्यु नरोकिएपछि कतार सरकार आलोचित बनेको हो। काम गर्ने कमजोर शैलीका कारण निर्माणाधीन रंगशालामा श्रमिकको ज्यान गइरहेको तर, कतार सरकार र विश्वकप आयोजक समिति भने मौन रहेको आरोप लागेको छ।

बेलायती दैनिक पत्रिका ‘डेलीमेल’का अनुसार रंगशाला निर्माणमा खटिएका श्रमिकमध्ये साढे ६ हजारभन्दा बढी विदेशी आप्रवासी श्रमिकले हालसम्म ज्यान गुमाइसकेका छन्। डेलीमेले भनेको छ,‘विश्वकप श्रमिकको रगतले लत्पतिएको छ।’ यसमा कतार सरकार र फिफा बेखबर रहेको ‘डेलीमेल’को रिपोर्टमा उल्लेख छ।

मध्यपूर्वको इतिहासमै पहिलो पटक आगामी नोभेम्बरमा कतारमा विश्वकप हुँदैछ। प्रतियोगिता राजधानी दोहा नजिकै रहेका ८ वटा रंगशालामा हुँदैछ। यी रंगशाला कतिपय बनिसकेका छन् भने केही अन्तिम अवस्थामा छन्। जहाँ लाखौं आप्रवासी श्रमिकले काम गरिरहेका छन्।

त्यति मात्रै होइन, आवास सुविधा, सडक, सञ्चार सुविधा, खानेपानी तथा ढल निकास जस्ता पूर्वाधार निर्माणको काम पनि एकै समयमा भइरहेकाले कतारमा निर्माणको दायरा व्यापक छ।

यहाँ कार्यरत श्रमिकहरुमध्ये अधिकांश विदेशी छन्। नेपालसहित, भारत, बंगलादेश,श्रीलंका र पाकिस्तानलगायत देशका श्रमिकहरू फिल्डमा खटिरहेका छन्।
कतारको चर्को गर्मी तथा हावापानीमा गर्नुपर्ने कडा शारीरिक परिश्रमका कारण हालसम्म साढे ६ हजारभन्दा बढी श्रमिकले ज्यान गुमाएको बताइएको छ।

‘श्रमिक पिउने पानी, प्रशस्त आराम र उचित ओछ्यान बिना चर्को घाममा काम गरिरहेका छन्,’ डेली मेलको रिपोर्टमा भनिएको छ। रंगशाला निर्माणको क्रममा भएका जोखिमपूर्ण दुर्घटनाको छुट्टै तथ्यांक सङ्कलन गरिएको छैन। यस्तै शारीरिक परीक्षण पास भएका स्वस्थ श्रमिकले कार्यस्थलमा अचानक ज्यान गुमाउने अवस्था आउँदा पनिे त्यसबारे कसैले सोधखोज नगर्ने उल्लेख छ ।

कतार सरकार र खेल आयोजक समिति मौन रहेको भन्दै मानवअधिकारवादी संस्थाले फिफामा ध्यानाकर्षण गराउँदै आएका छन्। फिफासँग हरेक विश्वकपको लागि ३ बिलियन युरो रहेको बताइन्छ। उच्च नाफा भए पनि विश्वकपको गरिमा श्रमिकको रगतले भरिएको मानवअधिकारवादी संस्थाको आरोप छ।

विश्वकपको तयारीका क्रममा कतारमा श्रम शोषणको मुद्दा उठेको यो पहिलो पटक भने होइन । ‘विश्व कप रंगशाला निर्माणमा कतारमा काम गरिरहेका विदेशी श्रमिकहरूले प्रतिकूल वातावरण र जीवनलाई जोखिममा पार्दै काम गरिरहेका छन्,’ इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेसनले भनेको छ ।कम पारिश्रमिक र कर्पोरेट सुरक्षाको असंवेदनशीलताले श्रमिकलाई चोटपटक र मृत्युको डर रहेको बताइएको छ।

केही समयअघि एमनेस्टी इन्टरनेशनलले पनि एक दशकयता कतारमा मृत्युवरण गरेका हजारौं आप्रवासी श्रमिकको मृत्युको अनुसन्धान गर्न कतार असफल भएको रिपोर्ट सार्वजनिक गरेको थियो। असुरक्षाका बीच काम गर्ने ठाउँमा अकालमा ज्यान गुमाएको प्रमाण हुँदाहुँदै कतारी अधिकारी अनुसन्धान गर्न असफल भएकोमा एमनेस्टीले चिन्ता व्यक्त गरेको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दबाबमा कतार सरकारले श्रमिक सुरक्षामा केही सुधार गरेको बताएको थियो। उसले श्रमिकको सुरक्षाका लागि केही नियम पनि सार्वजनिक गरेको थियो। तर, यति हुँदा पनि जोखिम यथावत रहेको आरोप कतारमाथि लाग्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!